सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रदेश १ मा मुख्यमन्त्रीका लागि दाबी पेस गरिँदै
"प्रदेश १ मा एमाले,माओवादी,राप्रपा र जसपा सत्ता गठबन्धनमा छन् "

विराटनगर : प्रदेश १ मा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सत्ता गठबन्धनले आज (आइतबार) प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गर्दै छ ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्तिका लागि दिएको समय साँझ ५ बजेबाट सकिँदैछ । उनले एक साताको समय दिँदै संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न गत पुस १७ गते आह्वान गरेका थिए ।

दलहरुले छलफल गरेपनि केन्द्रमा भागबण्डा टुंगो नलाग्दा दाबी पेस गर्न अन्तिम समयसम्म कुर्नु परेको हो। नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन ४ दलको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । एमाले,माओवादी,राप्रपा र जसपा सत्ता गठबन्धनमा छन् । प्रदेश प्रमुखले दिएको समय सकिनुअघि नै दाबी पेस गर्ने तयारी रहेको भण्डारीले बताए ।

‘बहुमत पुर्‍याएर दाबी पेस गर्न हामी तयारी अवस्थामा छौँ । काठमाडौं गएका माओवादीका साथीहरु फर्किएपछि सत्ता गठबन्धनमा आवद्ध दलका नेताको हस्ताक्षर लिएर ५ बजेअघि नै प्रदेश प्रमुखकोमा जाने हो,’उनले भने,‘केन्द्रमा शीर्ष नेताबीच प्रदेश १ मा एमालेकै नेतृत्वमा सरकार बन्ने मोटामोटी सहमति भइसकेको छ । त्यही अनुसार सत्ता गठबन्धनमा रहेका अरु दलको पनि साथ लिएर कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दैछौँ ।’

प्रदेशमा मुख्यमन्त्री एमालेले पाएमा सभामुख आफूहरुले पाउनुपर्ने दाबी नेकपा (माओवादी केन्द्र)को छ ।

भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ मा जान नपरोस् भनेर आफूहरु सचेत रहेको जानकारी पनि दिए । उपधारा २ बमोजिम दलहरुको समर्थनमा मुख्यमन्त्रीका लागि कसैको दाबी आएन भने उपधारा ३ अन्तर्गत सबैभन्दा ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । उपधारा ३ मा जानु उपयुक्त नहुने भण्डारीले बताए ।

प्रदेशमा मुख्यमन्त्री एमालेले पाएमा सभामुख आफूहरुले पाउनुपर्ने दाबी नेकपा (माओवादी केन्द्र)को छ । तर,सभामुख कुन दलले पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको भण्डारी बताउँछन् । उनका अनुसार दाबी पेस गरेपछि शपथग्रहणका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई बोलाउँदा पहिलो चरणमा सानो मन्त्रिपरिषद् बनाउने तयारी छ ।

मुख्यमन्त्रीमा एमाले र माओवादी दुवै दलले दाबी गर्दै आएका थिए । सत्तारुढ दलबाट बन्ने मन्त्रीहरुको पनि टुंगो लागेको छैन । कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने यकिनसमेत हुन बाँकी छ ।

९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद (प्रदेशसभा सदस्य)छन् । माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ ।

सत्तारुढ गठबन्धनबीच भागबण्डा हुँदा प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको स्रोतले बतायो । स्रोतका अनुसार एमाले र माओवादीबीच प्रदेशको मुख्यमन्त्रीको कार्यकाल आधा–आधा बाँड्ने सहमति शीर्ष तहमा भएको छ । सहमति अनुसार सुरुमा एमालेले सरकारको नेतृत्व गर्नेछ । मुख्यमन्त्री एमालेले पाएपछि सभामुख माओवादीको भागमा परेको नेताहरु बताउँछन् ।

शनिबार बसेको शीर्ष नेताको बैठकले भागबण्डाको सहमति गरेपनि त्यसलाई सार्वजनिक गरिएको छैन । सहमतिलाई अन्तिम टुंगो दिनलाई गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

शीर्ष नेताको बैठकपछि कुन प्रदेशमा कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने कुरा सार्वजनिक हुने माओवादी प्रदेश १ का प्रदेशसभा सदस्य गणेश उप्रेती ‘सुशील’ले बताए । बैठक सकिएपछि प्रदेश १ को सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी रहेको उनको भनाइ छ । यद्यपि प्रदेशको मुख्यमन्त्रीमा माओवादीको पनि दाबी कायमै रहेको उप्रेती बताउँछन् ।

९३ सदस्यीय प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका ४० सांसद (प्रदेशसभा सदस्य)छन् । माओवादीका १३, राप्रपाका ६ र जसपाका १ सांसद रहेका छन् । नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ । प्रदेश १ मा ६० जना सांसदसहित सत्तारुढ गठबन्धन दुई तिहाइनजिक छ ।

हालसम्मको राजनीतिक परिदृष्यले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) भने प्रतिपक्षमै बस्ने देखिएको छ । प्रदेशसभामा कांग्रेसका २९ र समाजवादीका ४ जना सांसद छन् ।  अन्नपुर्णबाट

  • २४ पुष २०७९, आईतवार ०५:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU