पर्यटकिय विकासका लागि जिम्मेवार निकायमा बसेकाहरुको मन चाहिन्छ ।(भिडियो सहित "अहिलेसम्म पर्यटकिय विकासका लागि मन भएका कोही आएनन "
उमीद बागचन्द‚ धनगढी ४ कार्तिक । पर्यटकिय विकासका लागि जिम्मेवार निकायमा रहेकाहरुको भावना केही गरु भन्ने हुन जरुरी छ । फरक मन लिएर पर्यटकिय विकास गरौ भन्ने भावना लिएर कोही आएको देखिदैन । कुरा ठुला ठुला गर्ने काम भने केही नहुने परिवेशबाट सुदुरपश्चिम क्षेत्र गुज्रेको छ । सँघिय लोकतान्त्रीक गणतन्त्रिक व्यवस्था व्यवहारिक रुपमा प्रयोग भई रहेको छ । सँघिय व्यवस्थालाई सँस्थागत गर्ने स्थानीय तहको निर्वाचन‚ प्रदेश र सँघिय चुनाव सम्पन्न भई स्थानीय सरकार‚ प्रदेश र सँघिय सरकार गठन भएको पनि एक‚ डेढ वर्ष भघ सकेको छ । प्रदेश सरकारले प्रदेशको नाम सुदुरपश्चिम जसमा जनता सन्तुष्ट छैनन‚ राजधानी गोदावरी जहाँ प्रदेश कार्यालय भवनहरु बनाउन सम्भव छैन । प्रदेश सरकारले अढाई महिनाका लागि आँशिक बजेट र पहिलो पुर्ण बजेट ल्याएपनि पर्यटकिय विकासले स्थान पाउन सकेन । नयाँ नेपालको गित गाउने काम हरेक पटक र स्थानमा गरेपनि काम कारवाही भने पुरानै सोच्ने गरेकाहरुबाट के नयाँ र सबैले रुचाएको काम हुन सक्छ र ! धेरैको यस्तै यस्तै भनाईहरु चौक चौराह अनि ग्रामिण भेगका चिया पसलहरुमा चर्चा सुन्न पाईन्छ । पर्यटकिय विकास कहिले देख्न पाईएला त ! सपना मात्र हुने हो की सुदुरपश्चिम प्रदेश बासीलाई ।

सुसाईट प्याईन्ट
उदाहरणका लागि धेरै टाढा जानु पर्दैन‚ १७‚ १८ सय ताका डोटेरी राज्यमा रहेको नैनीताल क्षेत्रको ईष्ट ईण्डिया कम्पनी अग्रेस सरकारका पालामा भएको विकासलाई हेर्न सकिन्छ । नैनीताल भन्दा राम्रा स्थानहरु छैनन हामीसँग ॽ पक्कै छन‚ तर विकास गर्ने ईच्छा शक्ति छैन नेताहरुमा‚ जिम्मेवार निकायमा रहेका व्यक्तिहरुमा ।

खेलमैदान जस्को वरिपरी राती १२ बनेसम्म राम्रो व्यापार हुन्छ
नैनीतालको तल्लीताल र मल्लीतालमा ठुलो व्यापार हुनेको छ‚ राति ११‚ १२ बजेसम्म । हामी नेपालीहरु हरेक दिन सयौँ पुगेका हुन्छौ त्यहाँ रहँदा हाम्रो तिर पनि नैनीतालको जस्तो विकास गर्न सकिन्छ भन्छौ तर केही समयपछि नैनीतालबाट फर्किएपछ बिर्सिन्छौ ।

के हाम्रो ठाउँमा रोपवेय बनाउन सकिन्न र
सुदुरपश्चिम प्रदेशको पर्यटकिय विकास गरिदिन कोही आई दिने हो र हामी आफैले लाग्नु पर्ने होईन र यी सबै कुराले जिम्मेवार निकायमा रहकाहरुको ध्यानाकर्षण कहिले होला ॽ त्यो दिन कहिले आउला ॽ

सानो हिमाल पनि निक्कै ठुलो रुपमा हेरिन्छ
हाम्रो प्रदेशमा रहेका स्थानहरु भन्दा धेरै महत्वपुर्ण देखिदैन तर नैनीताल क्षेत्रमा त्यहाँका मानिसहरुमा सानो भन्दा सानो उत्पादन बेच्न सक्ने चेतना दिईएको छ । त्यो क्षेत्रका हरेक स्थान र उत्पादन बिक्रि गर्ने कलाको विकास भएको छ ।

हामी सजिलै खर्च गर्छाै तर यहाँ खर्च गर्न गाहो हुन्छ
हाम्रो प्रदेशमा गर्न नसकिने होईन तर जिम्मेवार स्थानमा बसेकाहरुमा त्यो खालको मन‚ ईच्छा शक्ति पक्कै पनि चाहिन्छ होला ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया