स्वर्गीय नेता चोखालको स्मृतीमा रक्तदान
धनगढी,२७ असोज । नेपाली कांग्रेसका नेता, पूर्व मन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका सचेतक टेक बहादुर चोखालको स्मृतीमा शनिवार धनगढीमा रत्तदान गरिएको छ ।
टेकबहादुर चोखाल स्मृती प्रतिष्ठानको आयोजनामा गरिएको उक्त रत्तदान कार्यक्रममा दर्जनौले रगत दान गरेका थिए । नेता चोखाल २००७ सालमा डोटीको गडसेरामा जन्मीएका थिए । उनले राजनितिक क्षेत्र भने कैलाली बनाएका थिए । निकै हक्की र इमान्दार नेताको रुपमा चिनिने चोखालको २०६७ साल कार्तिक २७ गते हृदयघातका कारण निधन भएको थियो ।
रक्तदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व पार्टी सभापती दिर्घराज भाटले स्वर्गिय नेता चोखालले प्रजातन्त्र प्राप्तीका लागि पुर्याउनु भएको योगदानको चर्चा गरे ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया