सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मिचिएको भुमी फिर्ता लिन र कोरोनासँग जुध्न सर्वदीय बैठकको आवश्यकता छ : नैनसिंह महर

काठमाण्डौं ३ माघ / नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले लिम्पियाधुरा ,लिपुलेक लगायत भारत द्वारा मिचिएको भुमी फिर्ता ल्याउन र कोरोनाको बढ्दो संक्रमणका सन्दर्भमा जुध्न सर्वदीय बैठकको आवश्यकता औल्याएका छन् ।

सोमबार विहान  परराष्ट्र सम्बन्ध एकेडेमिक फोरमले आयोजना गरेको कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका महरले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गरेका हुन् ।

उनले भने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति सबै राजनीतिक दलले आपत्ति जनाउनु भएको छ । हिजो सरकारले पनि आफ्नो धारणा राखेको छ । अब प्रधानमन्त्रीज्यूले सर्वदीय बैठक बोलाएर यो आवाजलाई एकीकृत गर्नुपर्छ । मुलुकका सबै शक्ति एक ठाउँमा उभ्याएर भारतसँग निर्णायक वार्ताका लागि सरकारले अग्रसरता लिनुपर्छ ।

महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको भन्ने तथ्यका साथ भारतसँग अबिलम्ब वार्ता सुरु गर्नुपर्ने महरको भनाइ छ ।

दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धी सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट वार्ता गर्नुको विकल्प नगरेको उनले बताए । यस्तै उनले कोरोनाको तेस्रो लहर तीव्र रुपमा फैलिएकाले महरले बताए ।

पिसिआर टेस्ट गरेका मान्छे मध्ये २५ प्रतिशतमा कोरोना संक्रमण भेटिएको छ । तेस्रो लहरबाट नागरिकलाई जोगाउन सरकार एकलैको प्रयत्नले मात्र सम्भव छैन । सबैराजनीति दललाई साथमका लिएर सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु आजको आवश्यकता हो, उनले भने, प्रधानमन्त्रीज्यूले सर्वदीय बैठक राखेर कोरोना रोकथाम तथा निणन्त्रणका लागि सबै राजनीतिक दलको साथ सहयोग लिनुपर्छ । यति बेला सबैले सरकारलाई पनि सघाउनुपर्छ ।

  • ३ माघ २०७८, सोमबार ०६:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !
    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU