सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आफुहरुलाई सोधेर काम नगरेको भन्दै वडा अध्यक्षलाई लगाए जुत्ताको माला र कालो मोसो

डीबी विष्ट असोज १७ बझाङ । आफुलाई सोधेर काम नगरेको भन्दै बुंगल नगरपालीका वडा नम्बर ९ का बाँम गठबन्धनका कार्यकर्ताहरुले वडा अध्यक्षलाई कालो मोसो र जुत्ता चप्पलको माला लगाई दिएका छन् ।

मंगलबार दिउसो वडा नम्बर ९ को वडा कार्यलयमा पुगी बाँम गठबन्दनका कार्यकर्ताहरुले बुंगल नगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीलाई कालो मोसो दल्नुका साथै जुत्ताको माला लगाएको हो । कृर्षि क्षेत्रका लागी विनीयोजीत गरेको ३ लाख ५० हजार रुपैया वडा अध्यक्ष धामीले ५० हजार रुपैया बरबरका मात्रै बोट विरुवाहरु खरीद गरेको बाँकी ३ लाख हीनामिना गरेको बाँम गठबन्दनका कार्यकर्ताको आरोप लगाएका छन् ।

बाँकी सबै रकम वडा अध्यक्ष धामीले आफुले लिएको र यहाँका किसानहरुलाई सोधेर काम गर्नुको सट्टा आफु मनोमानी काम गरेको भन्दै वडा कार्यलयमा नै पुगेर जुत्ताको माला र कालो मोसो दलका हुन् ।
यता वडा नम्बर ९ का वडा अध्यक्ष देउमल धामीले भने आफुलाई नसोधेर काम गरेको भन्दै आफुलाई दुब्र्यावहार गरेकोे बताएका छन् । आफुले कुर्षी क्षेत्रमा विनीयोजीत रकम मध्ये ३ लाख रुपैयाका बोट विरुवा खरीद गरी स्थानीय बासिन्दाहरुलाई हस्तान्त्रण गरी सकेको र बाँकी ५० हजार रुपैयाको आफु संगै रहेको र उक्त रकमको यहाँकै किसानका लागी तरकारीको विउ वितरण गर्ने भन्ने योजना रहेको वडा अध्यक्षले बताउनु भयो । ३ लाख रुपैया बराबरका अलैचिका बोट ६ हजार ५ सय, २ हजार ५ सय विभिन्न प्रजारतीका फलफुलहरु, सुन्तला, अमिलो मौसमी आदीका बोटहरु र अन्य ५ हजार बोटहरु खरीद गरी कीसानहरुलाई वितरण गरी सकेको अध्यक्ष धामीले बताउनु भएको छ । असार मसान्तमा गरेको उक्त कामको गतीविधीलाई लिएर अहिले आफुलाई बाँम गठबन्दनका कार्यकर्ताहरुले आफु माथी यस्तो ब्यावहार गरेको उहाँको भनाई छ ।
म कार्यलयमा बसी रहेको धामीले भन्नु भयो “एक्कासी आएर आफुलाई कालोमोसो दल्नुका साथै जुत्ता र चप्पलको माला लगाई दिए । बाँम गठबन्दनका कायकर्ता अम्मर राज जोशी, रवि राज जोशि, विर बहादुर बोहरा, खगेन्द्र बहादुर सिहँ, मान बहादुर विष्ट, हर्क बहादुर विष्ट, हर्जीत काँडारा, नरेन्द्र ओखेडा लगायत १५।२० जनाको समुहमा आएका कार्यकर्ताहरुले आफुलाई दुब्र्यावहार गरेको उहाँको भनाई छ ”।
आफ्नो गल्ती नभएको भए पनी आफुलाई एउटा न्यु लिएर दुब्र्याबहार गरेको आरोप उनको छ । यता यो समस्या बाँम गठबन्धनको नभई किसानहरुका लागी आएको रकम वडा अध्यक्षले आफु मनोमानी गरेको र रकम सहित हिनामीन गरेका कारण यहााका किसनहरु मिलेर अध्यक्षलाई दुब्र्यावहार गरेको जनाईएको छ । कालोमोसो दल्ने र जुत्ताको माला लगाउने अरु नभई यहाँका किसानहरु रहेको जनाएको छ तर वडा अध्यक्षले भने बाँम गठबन्दनका कार्यंकर्ताहरुले मात्रै आफु माथी दुब्र्यावहार गरेको बताएका छन ।
रकममा कुनै संङ्का लागे विल भपाई देखाउन सकीने र आफु संग विल भपाई रहेको अध्यक्षको भनाई छ । यता जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक प्रविण धितालले भने निबेदन दर्ता ईलाका प्रहरी कार्यलय बुंगलमा भएको र जाहेरीका लागी जिल्ला प्रहरी कार्यलयमा बोलाएको जाहेरी पुगी सके पछी कार्वाही प्रक्रीया अगाडी बढ्ने बताएका छन् ।
योे विषयलाई लिएर नेपाली काँग्रेस जिल्ला कार्य समीती बझाङले समेत घोर आपत्ती जनाएको छ । राजनीती पुर्वाग्रहको आधारमा वडा अध्यक्षलाई दुब्यावहार गरीएको, वार्डा अध्यक्ष माथी दुब्र्यावहार गर्ने जोकोही भए पनी कार्वाही गरीनु पर्ने माग विज्ञप्तीमा उल्लेख छ ।

  • १७ आश्विन २०७५, बुधबार १०:४९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU