१२ बर्षिया बालकको ज्यान बचाउने बालकलाई, अभिभावकबाट सम्मान
डीवि विष्ट, बझाङ । बझाङमा एक १६ बर्षिया बालकले १२ बर्षिया बालकको ज्यान बचाएका छन् ।
बझाङ जिल्ला सुर्मा गाँउपालिका वडा नम्बर ४ का ओकील बोहराका १२ बर्षिया छोरा जयराज बोहराको ज्यान सल्यान जिल्ला तत्कालीन सिन्वाङ गाविस वडा नम्बर ७ घर भै हाल २ दशक देखी बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका १० मा बस्दै आएका १६ बर्षिया बालक लाल बहादुर पुन मगरले उनको ज्यान बचाएका हुन् । शनिबार दिउसो बाउलि खोलामा बनेको बसपार्क नजीकै पौडी खेल्नेक्रममा खोलाले बगाएर झण्डै ४५० मिटर तल सेती नदी र बाहुली खोलाको दोभानमा पुर्याएको थियो । सेती नदीर बाहुली खोलाको दोभान नजीकै फुटबल खेली रहेका १६ बर्षिया पुन मगरले खोलामा बग्दै गरेको अवस्थामा बोहरालाई देखेपछि खोलामा हाम फालेर ज्यान बचाएको हो । आफ्नो छोराको ज्यान बचाएको भन्दै बालकका अभिभावकले अविर दोसल्ला सहित सम्मान गरेका छन् । मगरको यो साहसिक कदमलाई सम्मान गर्दै सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहरा, यहाँका बुद्धीजीवि, युवाहरुले समेत मगरलाई केही नगद दोसल्लाले सम्मान गरेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया