भारतमा एकैदिन थपिए ९५ हजारभन्दा बढी कोरोनाका संक्रमित
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ९५ हजार ७३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकैदिन सबैभन्दा धेरै नयाँ संक्रमित भेटिएका हुन् । बुधबार भारतमा ११ लाख २९ हजार ७५६ जनाको नमुना संकलन गरी परीक्षण गरिएको थियो । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि ४४ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ लाख...

