काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। ललितपुरका अटो व्यवसायी कुमार चिमोरियाको जाहेरीका आधारमा “तुलसा कलेक्सन” सञ्चालन गर्दै आएकी तुलसाविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरिसकेको छ। तर, उनी भने हाल चीनमा बस्दै टिकटकमार्फत नै प्रहरीमाथि आरोप–प्रत्यारोप गर्दै अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरिरहेकी छन्। यस प्रकरणमा प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डिएसपी पूर्णिमा चन्दको नाम जोडेर अनावश्यक विवाद सिर्जना गरिएको...
काठमाडौं २९ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित हवाई उद्धार कार्यक्रमअन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरिएको छ। मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी ३८ वर्षीया दिपा भण्डारी स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि जटिल स्वास्थ्य समस्या देखिएको थियो। आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जोखिममा परेपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी सुविधा...
धनगढी २९ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट सुदूरपश्चिमको राजनीतिमा लामो, निरन्तर र संघर्षपूर्ण राजनीतिक यात्रा तय गर्नुभएका अनुभवी कम्युनिस्ट नेता हुनुहुन्छ। किशोरावस्थामै कम्युनिस्ट राजनीतिमा प्रवेश गर्नुभएका उहाँले विद्यार्थी आन्दोलन, भूमिगत राजनीतिक जीवन, जेल, संगठन निर्माण, जनयुद्धकालीन राजनीतिक जिम्मेवारी, शान्ति प्रक्रिया तथा संसदीय राजनीतिका विभिन्न चरण पार गर्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने अवस्थामा पुग्नुभएको हो। प्रारम्भिक जीवन र राजनीतिक प्रवेश खगराज भट्टको जन्म वि.सं. २०३१ पौष २ गते डडेल्धुराको...
काठमाडौं २९ साउन । मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच भेट, महिला तथा बालबालिकाको संरक्षण र सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्यबारे छलफल भएको छ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र UNFPA का प्रतिनिधि श्रीराम हरिदासबीच आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा महिला तथा बालबालिकाको संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय तथा सीमान्तीकृत समुदायको सशक्तीकरणका क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी र परिणाममुखी...
Tokyo, Japan 10 August . A delegation of Nepali journalists, including representatives of the National Federation for Right to Information (RTIF), held a meeting with senior officials of the Japan International Cooperation Agency (JICA) at JICA Headquarters in Tokyo on September 29, 2026. The delegation met Mr. Murakawa Daishiro, Senior Deputy Director of South Asia Division II, and Ms. Aoi Koguchi, Country Officer responsible for Afghanistan, Pakistan, and Nepal under...
काठमाडौं २८ साउन । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज विहीबार दिउँसो साडे १२ बजे स्वदेश फर्कने भएका छन्। गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनको क्रममा देउवा र उनकी धर्मपत्नी तथा तत्कालिन परराष्ट्रमन्त्री श्रीमती डा.आरजु राणामाथि सांघातिक आक्रमण गरी घाईते भएका थिए। तत्काल नेपालमै उपचार गराई रहेका देउव दम्पति गत वर्ष फागुन १३ देखि सिंगापुरमा उपचार गराएर विहीबार स्वदेश फर्कन लागेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवा नेपालमा उपचारपछि थप उपचारका...
काठमाडौं २७ श्रावण । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत ज्यान जोखिममा रहेका दुई जनाको सफल हवाई उद्धार गरी समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिएको छ। सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ निवासी ३८ वर्षीया शारदा बस्नेत विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो। उहाँलाई हवाई उद्धारमार्फत परोपकार...
काठमाडौं २६ साउन । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीको निर्देशनमा मन्त्रालयले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५० प्रतिशत भाडा छुट तथा कम्तीमा दुई वटा आरक्षित सिटको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गराउन पहल अघि बढाएको छ। ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ मा ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधन, सार्वजनिक कार्य, स्वास्थ्य सेवा, धार्मिक तथा सार्वजनिक स्थलमा आवश्यक सेवा, सुविधा र सहयोग...
काठमाडौँ २७ साउन । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित समुदायको थर सूचीकरणका विषयमा आयोगले कानूनबमोजिम सबै सरोकारवालासँग छलफल र परामर्श गरेर नै सिफारिस गरेको स्पष्ट पारेका छन्। आयोगले गरेको सिफारिसलाई लिएर राजनीतिक दलका नेता, सांसद र केही अधिकारकर्मीहरूले विवादित अभिव्यक्ति दिएपछि आयोगले यसबारे स्पष्ट पारेको हो। आयोगका अध्यक्ष विश्वकर्माले मधेस प्रदेशका दलित समुदायका थरहरूको सूचीकरणका विषयमा पनि पर्याप्त छलफल गरिएको दाबी गरे। उनले थर लेख्न पाउने अधिकार सबैलाई...
काठमाडौं २६ साउन । सामाजिक न्याय, समान पहुँच तथा विभेदरहित सेवा प्रवाह सुनिश्चित गर्ने उद्देश्यले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले अघि बढाएको पहल देशव्यापी कार्यान्वयनको चरणमा पुगेको छ। लैङ्गिक हिंसा, जातीय भेदभाव, छुवाछुत तथा सामाजिक बहिष्करणलगायतका विषयमा प्राप्त हुने उजुरी तथा गुनासालाई प्रभावकारी रूपमा सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले गृह मन्त्रालयलाई आवश्यक सहजीकरणका लागि अनुरोध गरेको थियो। मन्त्री सिता...

