सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्मलाका बाबुआमाको बयानले यी भीआइपीमाथि आशंका

धनगढी, २८ भदौ । निर्मला पन्तकी आमा दुर्गादेवी पन्त र बाबु यज्ञराज पन्तले आफ्नी छोरीलाई राजनीतिक र प्रशासनकी पहुँच भएका शक्तिशाली व्यक्तिहरूले बलत्कारपछि हत्या गरेको आरोप लगाएका छन् ।

उनीहरूले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टका छोरामाथि पनि आशंका जनाएका छन् । निर्मलाको शव भेटिएको अघिल्लो दिन एसपी विष्टका छोराले आफ्नो जन्मदिनको पार्टी मनाउन केही केटा र केटी साथीहरूलाई ओपेरा होटेलमा लगेको यज्ञराज पन्तले विभिन्न सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताका क्रममा बताएका छन् ।

‘डिल्लीराज विष्टका छोराले जन्मदिन भन्दै तीनजना केटी र तीनजना केटालाई होटेल ओपेरामा लगेका थिए’, यज्ञराज पन्तले भनेका छन्, ‘तर, ती तीनजना केटीहरूमा निर्मला थिइन् या थिइनन् केही थाहा हुन सकेको छैन । मैले होटेलमा गएर सोधेको थिएँ । कसैले पनि निर्मलालाई चिनेको भनेर भनेका छैनन् । सिसिटिभी हेर्न छानविन समितिलाई आग्रह गरेको थिएँ ।’

आमा दुर्गा पन्तले निर्मला पन्तको हत्याको प्रमाणहरू नष्ट गर्ने गरेर प्रहरीले काम गरेको आरोप लगाइन् । ‘निर्मलाको कपडा प्रहरीले किन धोए रु निर्मलाको गुप्ताङ्गलाई किन पखालियो रु’, प्रश्न गर्दै दुर्गा पन्तले भनेकी छिन्, ‘पक्कै पनि ठूला मान्छेहरूको हात छ । निर्मलाको बलत्कार र हत्यामा ठूलै मान्छेहरू सहभागी छन् ।’

निर्मला पन्तका दोषीहरूलाई कारबाहीका लागि दवाव दिन काठमाडौंमा आएका दुर्गा पन्त र यज्ञराज पन्तले तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले अनुसन्धानमा बाधा पु(याएको आरोप लगाएका छन् ।

छोरी निर्मलाको हत्या भएको ४६ दिन भइसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरीले नै अपराधीलाई जोगाउन खोजेको भन्दै न्यायका लागि निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त मंगलबार काठमाडौं पुगेका हुन् ।

‘एसपी डिल्लीराज विष्टले दिलीप विष्टलाई नै किटानी जाहेरी दिन दवाव दिनुभयो’, यज्ञराज पन्तले भनेका छन्, ‘आखिर दिलीप विष्टविरुद्ध कुनै पनि प्रमाण भेटिएन । हामीलाई दिलीप विष्टमाथि कुनै आशंका छैन । बरु एसपी डिल्लीराज विष्टमाथि आशंका छ ।’

एसपी डिल्लीराज विष्टले नै अस्थायी प्रहरी चौकीका सईले निर्मला पन्तको घटनाबारे अनुसन्धान गर्न जान्छु भन्दा अर्को दिन सुरुवा गरिदिएको यज्ञराज पन्तले बताए ।

निर्मलाको हत्या प्रकरणमा अहिले पनि रोशनी बम र बबिता बममाथि आफन्तहरूको आशंका छ । तर, रोशनी बम र बबिता बमलाई प्रहरीले तारेखमा छाडिदिएको छ ।

हत्याको घटना अनुुसन्धानमा आलोचित बनेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी नायब उपरीक्षकलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ ।

सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित पाँच सदस्यीय छानबिन समितिलाई १५ दिनभित्र घटनाको प्रतिवेदन बुझाउन गृह मन्त्रालयले निर्देशन दियो । मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिलाई नयाँ शिराबाट अनुसन्धान गर्ने जिम्मा दिइएको थियो ।

  • २८ भाद्र २०७५, बिहीबार ०५:१२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU