सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

माल्दिभ्ससँग भिड्दै नेपाल, दोहोरिएला २ वर्षअघिको नतिजा

ढाका २७ भाद्र । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । करिब २ वर्षअघि यही मैदानमा माल्दिभ्सलाई पराजित गरेको नेपाल आजको खेलमा अर्को इतिहास कोर्ने लक्ष्यमा छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली टिम र खेलाडीको लागि घरेलु मैदान जस्तै हो । यो रंगशालामा नेपालले आफ्नो फुटबलको इतिहास कोेरेको छ । ढाकामा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल फेरी अर्को इतिहास नजिक छ ।


साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ । तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपालले के ऐतिहासिक छलाङ मार्न सक्ला रु सबै फुटबलप्रेमीमा कौतुहलता बढ्न थालेको छ ।

त्यसो त, प्रशिक्षक र नेपाली खेलाडीले पनि माल्दिभ्सलाई पराजित गर्दै फाइनल पुग्ने दाबी गर्दै आएका छन् ।

सेमिफाइनलमा ४–१ ले पराजित

सन् २०१६ बंगबन्धु राष्ट्रिय रंगशालामा सम्पन्न बंगबन्धु गोल्ड कपको सेमिफाइनल खेल । नेपाल समूह ए को उपविजेता माल्दिभ्स समूह वि को विजेता । जनावरी १९ तारिख साँझ ५ बजे भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोलको अपत्यारीलो जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

युवा खेलाडीले भरिभराउ टिममा नेपालले गोलको वर्षा नै गर्‍यो । नवयुग श्रेष्ठले ह्याट्रिक गोल गर्दै नेपाललाई नयाँ युगतिर लगे । त्यस्तै, विशाल राईले एक गोल थपे ।

खेलअवधिभर नेपालले उत्कृष्ट प्रदर्शन गर्दै माल्दिभ्सलाई पराजित मात्रै गरेन फाइनलमा बहराइनलाई ३–० गोलले पराजित गर्दै नेपालले बंगबन्धु गोल्डकपको उपाधि उचाल्न सफल भयो ।

करिब २ वर्षपछि नेपाल र माल्दिभ्स यही मैदानमा सेमिफाइनल खेल मै प्रतिस्पर्धा गर्न लागेको छ । पक्कैपनि माल्दिभ्सलाई २०१६ बंगबन्धु गोल्डकपको झझल्को हुनुपर्छ ।

जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने माल्दिभ्स समूह बी को उपविजेता हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४–० र अन्तिम खेलमा आयोजक बंगलादेशलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।

यता, माल्दिभ्सले भने आफ्नो पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो भने आफ्नो दोस्रो खेलमा भारतसँग २–० गोलको हार ब्यहोरेको थियो ।

माल्दिभ्स भाग्यमानी सावित हुदै टसबाट श्रीलंकालाई पछि पार्दै सेमिफाइनल पुगेको टिम हो ।
अनलायन खबरबाट साभार

  • २७ भाद्र २०७५, बुधबार ०४:५३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU