सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धार्मिक, आध्यात्मिक, प्राकृतिक र पर्यटकीय दृष्टिले भूस्वर्ग मानिने खप्तड (भिडियो सहित)
"अमूल्य धरोहरु पर्यटकिय विकासको पर्खाईमा "

उमीद बागचन्द  । प्रदेश ७ को प्रमुख पर्यटकीय गन्तव्य खप्तड अनुपम सुन्दरताका साथै जडीबुटी र निगालाका लागि चर्चित खप्तड ठूल्ठूला मैदान‚ मौसम अनुसार मखमली गलैँचा जस्तो देखिने दृश्यले जोकसैको मन बहलाउन सक्छ ।बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलको रुपमा रहेको खप्तडमा धार्मिक, आध्यात्मिक र पर्यावरणीय  दृश्य हरेक मौसममा घुम्न जाँदा ‘रहस्यमयी’ रुपमा देखाँ पर्ने गर्छ । महाभारत युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचनका लागि खप्तडका पाटनमा राँगाभैंसीको बथानमा राँगोको भेष लिएर विचरण गरिरहेका शिवको दर्शनका लागि पाण्डवहरू आएको पुराणहरूमा उल्लेख गरिएको पाइन्छ ।

करिब २ सय २५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको महत्त्व यतिमै सीमित छैन । २२ पाटन र ५३ ताल रहेको खप्तड नेपालकै सुन्दरतम ठाउँमध्ये एक हो । रंगीविरंगी फूलले ढाकिएका ठूल्ठूला मैदानलाई स्थानीय भाषामा पाटन भनिन्छ । यस क्षेत्रमा विभिन्न किसिममा २ सय २४ प्रकारका वनस्पति, १२ वटा गुफा, २ सय २६ किसिमका पक्षी, बाघ, भालुलगायत २० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्यांक छ ।

सहस्त्रलिंग भएर आउने सोलिङ खोला, डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला र दक्षिणबाट उत्तरतिर बगेर आउने गुप्तरूपी सरस्वती नदीको संगमस्थल त्रिवेणी नामले प्रसिद्ध छ । यी तीन नदी गंगा, जमुना र सरस्वतीको स्वरूप भएको खप्तड स्वामीद्वारा लिखित धर्मविज्ञानमा उल्लेख छ । निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गंगादशहराका दिन मेला लाग्छ । त्रिवेणीमा स्नान गर्दा इच्छित वर प्राप्त हुने र पापबाट मोक्ष हुने जनविश्वास छ । त्रिवेणीबाट सहस्त्रलिंग जाने बाटोमा सहस्त्रलिंग नजिकै उँचो ढिस्कोमा कालो ढुंगामा कुँदिएको प्राचीन मूर्ति छ । सहस्त्रलिंग आउँदाजाँदा यो मूर्तिको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूरा हुने मान्यता रहिआएको छ ।

सहस्रलिंग : समुद्र सतहबाट करिब १२ हजार फिट उचाइमा रहेको तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्रलिंगका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीयले शंकरी शिला पनि भन्छन् । यस शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती र तेस्रोमा गणेश रहेको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिंग आकारका सयौं स–साना चुचुरा छन् । बझाङ, बाजुरा, डोटी र अछामका स्थानीय यस क्षेत्रमा भक्तिसाथ पूजाअर्चना गर्छन् ।

खडुली–दुदुली माईथान : बझाङको खप्तड छान्ना गाउँपालिका र थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन् । दुईवटा मन्दिरको बीचमा एक यज्ञमण्डप छ । मन्दिरको नजिकै तीनवटा धर्मशाला छन । चैत र असोज अष्टमीका दिन पूजा, अनुष्ठान हुने गर्छ ।

नाग र सर्पको जस्तो बुट्टैबुट्टा भएको नागढुंगा हेर्न आउने पर्यटक थुप्रै छन् । ठूलो चट्टानको वरपर सिपालु मूर्तिकारले बुट्टा भरेजस्तो चित्र देख्न पाइन्छ । घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिट उचाइमा खप्तड बाबाको कुटी छ ।

माझको झुत्ती भन्ने ठाउँमा रहेको यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तड बाबाका लागि बनाइदिएको अहिलेसम्म करोडौं रकम विनियोजित भए पनि पर्यटकका लागि न्यूनतम पूर्वाधारसम्म बनेका छैनन् । रकमको भागबन्डाका लागि समितिका पदाधिकारी, कर्मचारी र कार्यकर्ताबीच मुद्दा र उजुरीका मात्र दर्जनौं फाइल छन् ।  (फोटो सहयोग दिपक बहादुर खड्का डोटी )

 

 

  • २३ भाद्र २०७५, शनिबार १०:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU