नायिका नीता ढुंगानाको हट नृत्य (भिडियोसहित)
धनगढी । चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्रको ‘क्या वात छ’ बोलको गीत सार्वजनिक गरिएको हो । मीना निरौलाको आवाज रहेको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालको छ ।
गीतमा नायिका नीता ढुंगानाको नृत्य देख्न सकिन्छ भने नायक राजकुमार र राजा राजेन्द्र पोखरेल पनि छन् । रमेश थापाको निर्देशन रहेको चलचित्र ‘साइनो’मा नीता ढुंगाना, राज कुमार, मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल लगायत कलाकारको अभिनय छ ।
चलचित्र साइनो यही साउन २४ गते प्रदर्शनमा आउँदैछ । अभिमन्यु निरबीले चलचित्रको कथा लेखेका छन् । शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ ।
brightnepal online बाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया