झन्झटिलो प्रकृयाले स्वास्थ्य बिमाप्रति असन्तुष्टी बढ्दै
सुशिला धामी धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. १ पशुपती टोलकी माया जैरुका श्रीमान पप्पु जैरु एक दशक देखि आखाको जलबिन्दुका बिरामी थिए । नियमीत उपचार गराइराख्नु पर्दा मासिक ३ हजार सम्म उनको खर्च आउथ्यो । बिपन्न परिवारकी मायाका लागि त्यत्रो रकम जुटाउनु निकै चुनौती थियो ।
बिपतमा परेकी मायाले स्वास्थ्य बिमा गर्दा सरकारले ५० हजारसम्म उपचार खर्च उपलब्ध गर्ने कुरा थाहा पाइन् । यो कुरा थाहा पाउदा खुसीको सिमा रहेन उनका परिवारमा । उनले तुरुन्तै श्रीमान, आफ्नो र छोराछोरी गरी चार जनाको स्वास्थ्य बिमा गरिन् ।

तर स्वास्थ्य बिमाबाट खासै उपलब्धी नभएको उनको गुनासो छ । पटक पटक अस्पताल धाउदा तीन सय रुपैया सम्मको औषधी मात्र निशुल्क पाउने गरेकी छिन् । बाहिरबाट एक हजारसम्मको औषधी आफै किनेर श्रीमान्को उपचार गराउन बाध्य छिन् । ‘म त सरासर ठगिए, यसरी पनि फसाउन मिल्छ र ?, उनले दुखेसो पोख्दै भनिन्,‘एकातिर उपचारका लागि झन्झटिलो प्रकृया , अर्कातिर उपचार सेवा लिन र औषधी पाउन कठिनाई भएपछि बिमा गरेको के काम ?’
सोही टोलकी पूर्णीमा देवलको पनि स्वास्थ्य बिमाप्रति त्यस्तै असन्तुष्टी छ । उपचारका लागि सेती अञ्चल अस्पतालमै जानु पर्ने झन्झट र औषधी बाहिर किन्न नपाइने कानुनी झन्झटले उपचारका लागि समस्या भएको उनको पिरलो छ । उनले दुई छोरा र आफ्नो बिमा गरेकी छिन् ।
स्वास्थ्य बिमा प्रति गुनासो पोख्ने यि दुई उदाहरण मात्र हुन् । यस सम्बन्धी गुनासो पोख्ने थुपै्र छन् ।
स्वास्थ्य..बिमा बोर्डले विमीत नागरिककलाई वर्षमा ५० हजार बराबरको उपचार सेवा नि शुल्क प्रदान गर्ने स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको छ । यो कार्यक्रम लागु गरेका देशभरका १७ जिल्लामध्य कैलाली पनि हो ।
कार्यक्रम २०७२ जेठ १ गतेबाट कैलालीमा लागु भएको हो ।
स्वास्थ्य बिमा कार्यक्रमका अनुसार २०७५ साउन महिनासम्ममा कैलालीका ६३ हजार ५ सय ५२ बिमितहरुमध्य २५ हजार ७ सय ९७ जनाले मात्र उपचार सेवा लिएको तथ्याङ्कले देखाएको छ । सेति अञ्चल अस्पताल तथ्याङ्क शाखाका श्रीराम चौधरीका अनुसार ओपिडि बाट ६ हजार २ सय २४ जना ,आई पि डिबाट ५५ भर्ना भएका , ईमर्जेसीबाट ६ सय ९८ र रिफर गरेका १ सय २७ लगाएत जम्मा गरी ७ हजार १ सय ४ जना रहेको उनले बताए । कानुनी झन्झट, सरकारी अस्पतालहरुमा रहेको जनशक्ति, उपचारका लागि आवश्यक उपकरणहरुको अभावले आधारभूत उपचार सेवाबाट समेत बञ्चित हुनु परेको बिरामीहरु दुखेसो गर्छन ।
नेपालको संबिधानमा स्वास्थ्य सम्बन्धी मौलीक हकमा प्रत्यक नागरीकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा नि शुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरीने छैन भन्ने उल्लेख भएपनि ब्यवहारमा त्यो लागु हुन नसकेको धनगढी उपमहानगरपालिका वडा नं. ५ का महेन्द्रराज पन्तले बताउछन् । उनले स्वास्थ्य बिमा गरेका बिरामीले औषधी लिनका लागि सेती अञ्चल अस्पतालमै जानु पर्ने बाध्यता हटाउनु पर्ने बताए । धनगढी उपमहानगरपालीका ८ गिता बिष्टले सेती अस्पतालमा भएको लामो लाईन र बिरामीहरुको चापका कारण दुई दिनसम्म उपचार नपाएको दुखेसो पोखिन् । तेस्रो दिन बाध्य भएर निजी अस्पतालमा उपचार गरेको उनले ब्यथा पोखिन् ।
बार्षिक २५ सय रुपैया जम्मा गरेपछि परिवारका ५ सदस्यहरुले ५० हजार रुपैया सम्मको नि शुल्क स्वास्थ्य सेवा पाउने भन्दै सरकाले सञ्चालन गरेको थियो ।
प्रदेश नम्बर ७ को सुबिधा सम्पन्न मानीने कैलालीको अवस्था यस्तो छ भने अन्य सुबिधा विहिन जिल्लाकाबासिन्दाका लागी स्वास्थ्य बिमाको लाभ लिन कतीको गाह्रो होला सहजै अनुमान गर्न सकिने बिरामीहरु बताउछन् । प्रदेश नम्बर ७ का जिल्लाहरुमा बैतडीमा ५४ सय १४ जना, अछाममा ६ हजार ८ सय ८१ जना र बाजुरामा २ हजार ३ सय ९७ जना विमित सदस्यहरु रहेको पाईएको छ । कैलालीका ६३ हजार ५ सय ५२ जनामध्य २५ हजार ७ सय ९७ जनाले उपचार लिएको स्वास्थ्य विमा बोर्ड प्रदेश नम्बर ७ का प्रदेश सँयोजक जनक साउदले बताए ।
धनगढी स्थित स्वास्थ्य बिमा बोर्डका संयोजकले सेति अञ्चल अस्पतालबाट मात्र सेवा ग्राहीहरुलाई सेवा पाउन समस्या हुने भएकाले अब निजि अस्पताल नवजीवनबाट पनि सेवा सुचारु गरेको बताए । भने अनुसारको सेवा सुबिधा नपाउदा बिमितहरु अस्पतालबाटै फर्किएको पनि गुनासो आइरहेको उनले बताए । यस्तै स्थानिय स्तरमा भएका स्वास्थ्य सँस्थामा सबै प्रकारको उपचार नहुने हुदा कोहलपुर , काठमाण्डौ ,भरतपुर लगाएतका बिभिन्न ठाँउमा पठाउनु पर्ने बोर्डले जनाएको छ । स्वास्थ्य उपकरण र दक्ष स्वास्थ्यकर्मी भएका केहि ठाँउका बासिन्दाहरुले भने लाभ लिएका पनि छन ।
कैलालीमा सेवा प्रदायक सस्था सेती अञ्चल अस्पताल,मालाखेती अस्पताल,टिकापुर अस्पताल,भजनी प्राथमीक स्वास्थ्य केन्द्र, लालरत्न,घोडाघोडी,नवजीवअस्पताल चौमाला प्राथमीक स्वास्थ्य केन्द्र अस्पतालबाट सेवा दिन सकिने बोर्डले जनाएको छ । तर बिमा बोर्डको आफ्नै फार्मेर्सी नहुदा र टेन्डर गर्नु पर्ने भएका कारणले समस्या भइरहेको उनको भनाई छ । अछामका लागी पनि जिल्ला अस्पताल बयलपाटा अस्पताल,कमल बजार प्राथमीक स्वास्थ्य केन्द्र,चौरमाण्डौ प्राथमीक स्वास्थ्य केन्द्रबाट सेवा दिई रहेका छन भने बाजुराका बासिन्दाहरुले भने जिल्ला अस्पताल बाजुरा र कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रबाट सेवा लिन सक्ने छन । अति गरीबलाई शतप्रतिशत , मध्यम गरीबलाई ५० प्रतिशत , स्वयमसेविकाको परिवार स्वास्थ्य बिमामा आबद्ध भए कुल योगदान रकमको रु २५० छुट दिईने बोर्डले जनाएको छ ।
खास गरी बिमा बोर्डले बिमीतका लागी ५० हजारले मात्र नपुग्ने भएकाले अलि बढि बनाईनु पर्ने धनगढी उपमहानगरपालीका वडा नम्बर ३ का तेज बहादुर चन्दले बताए । यसै गरी सेवा सुबिधा सहज रुपमा प्राप्त गर्नका लागी सेवा ग्राहीले भने स्थानिय तहबाट दिईने सेवाका लागी अस्पतालको संख्या अझै बढाउनु पर्ने चन्दको माग छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया