सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कर्णालीमा तेस्रो नदी सम्मेलन सुरू
"कर्णाली नदीबाट आर्थिक लाभ लिन सकिन्छ ः मुख्यमन्त्री शाही "

जगतदल जनाला बिक, सुर्खेत । तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन कर्णालीमा बिहीबार देखि सुरू भएको छ । दैलेखको आठविस नगरपालिकाको राकमस्थित कर्णाली नदीको छेउमा सम्मेलन भैरहेको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मेलनको उद्घाटन गरिएको छ हो ।

सम्मेलनमा ४४ दिन लगाएर नदी विज्ञहरूले कर्णाली नदीका बारेमा गरेको अध्ययनबाट प्राप्त जानकारी सहभागीहरूलाई दिइने छ। नदीको महत्व, वातावरणीय प्रभाव मूल्यांकनबिना नदी प्रयोग गरेर बन्ने ठूला आयोजनाले पार्ने नकारात्मक प्रभाव, कर्णाली नदीको सम्भावना, नदीको भविष्यलगायतका बारेमा पनि सम्मेलनमा सहभागीहरूसँग छलफल गरिने छ ।
नेपालमा बग्ने सुन्दर नदीमध्येको पाँचौं नदीका रूपमा कर्णाली नदी भएको सम्मेलन आयोजक नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले बताए । दैनिक हुने नदीको दोहन र वातावरणीय प्रभाव मूल्यांकनबिना नै कर्णालीमा बन्न लागेका ठूला आयोजनाका कारण संकटमा पर्ने भन्दै उनले यसमा सरोकारवालाहरूको ध्यान पुग्नुपर्ने औंल्याए । उनका अनुसार सम्मेलनबाट नदीसम्बन्धी घोषणापत्र समेत तयार पारिने छ ।

सम्मेलनमा नदी विज्ञ, भूगर्व्विद्, देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सांसद, नदीसँग सरोकार राख्ने सरकार तथा गैरसरकारी संस्थाहरू, देशका विभिन्न ठाउँबाट सरोकारवालाहरूको सहभागिता रहने आयोजक नदी संरक्षण संस्थाका सदस्य भक्त शाहीले जानकारी दिए । उनका अनुसार सम्मेलनमा सहभागीहरूलाई अछाम र दैलेखको सीमानामा पर्ने कर्णाली नदीको छेउमा टेण्ट राखेर बस्ने व्यवस्था मिलाइएको छ । त्यस क्रममा सहभागीहरूले कर्णाली नदीमा र्‍याफ्टिङ समेत गर्न सक्नेछन्।

‘कर्णाली नदीबाट आर्थिक लाभ लिन सकिन्छ’ ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली नदीबाट प्रदेशसँगै पूरै मुलुकले फाइदा लिन सक्ने बताएका छन् । तेस्रो नदी शिखर सम्मेलनको उद्घाटनका क्रममा उनले कर्णाली नदीको इतिहासदेखि वर्तमानसम्मको सदुपयोगबाट उचित फाइदा लिन सकिने बताए।

‘कर्णाली नदीसँग इतिहास जोडिएको छ,’ उनले भने, ‘यो नदीको इतिहासदेखि वर्तमान अवस्थासम्मको उचित सदुपयोगबाट आर्थिक लाभ लिन सकिन्छ।’ कर्णाली नदीसँग सभ्यता समेत जोडिएको हुँदा यसलाई आर्थिक आम्दानीसँग पनि जोड्न सकिने मुख्यमन्त्री शाहीको भनाइ छ ।

  • १४ चैत्र २०७५, बिहीबार १२:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU