आईपीएल २०१९ सन्दीपको टिम दिल्लीको खेल आज,सन्दीपको प्रदर्शन कस्तो होला ?
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्ली क्यापिटल्सले आईपीएलमा आज मुम्बई इण्डियन्स सँग सामना गर्दैछ ।

मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह ८स्१५ बजे सुरु हुनेछ । दुवै टोलिले आफनो १२ औं संस्करणको पहिलो खेल खेल्दै छ ।
मुम्बई इण्डियन्स आईपीएल बलियो र सफल टोलि हो ।अहिले सम्म मुम्बई इण्डियन्सले २०१३,२०१५ र २०१७ उपाधि हात परेको छ । दिल्ली सन् २००८, २००९ र २०१२ मा प्ले अफमा सफल भएको थियो भने अन्य सबै संस्करणमा खराब प्रर्दशन गर्दै समुह चरणबाट बाहिरिएको छ । यस संस्करणमा दिल्ली डेयर डेभिल्सबाट नाम परिवर्तन गरेर दिल्ली क्यापिटल्स राखेको छ । यो वर्ष दिल्ली क्यापिटल्सले आफ्नो नाम, लोगो र जर्सी परिवर्तन गरेको छ ।
दिल्लीको पूर्ण टिम
श्रेयर ऐर कप्तान, सन्दीप लामिछाने, ऋषभ पन्त, अमित मिश्रा, शिखर धवन, पुथ्वी शा, आवेश खान, हर्षल पटेल, राहुल टेवाटिया, जयन्त यादव, मनजोत कालरा, कोलिन मुनरो, कागिसो रवाडा, ट्रेन्ट बोल्ट, हनुमा विहारी, अक्षर पटेल, ईशान्त शर्मा, अन्कुश वेन्स, नाथसिंह, कोलिन इन्ग्राम, शेरफेन रदरफोर्ड, किमो पल र जलज सक्सेना ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया