सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जातीय विभेद उन्मूलन अन्तर्राष्ट्रिय दिवश २१ मार्च (भिडियो सहित)

धनगढी‚ जातीय विभेद उन्मूलन अन्तर्राष्ट्रिय दिवश २१ मार्चको अवसरमा देशका कतिपय स्थानहरुमा यो दिवश मनाई रहँदा कैलालीको कोली कटानका दलित समुदायले राज्यले समेत आफुहरुलाई विभेद गरेको गुनासो गरेका छन ।

कोलीकटानमा ५ सयको सँख्यामा घर धुरी रहेका दलित समुदायले गैरदलितको घरमा गर्नु पर्ने पानी पिउनु पर्दा टाढैबाट थापेर पानी पिउनु पर्ने बाध्यताको अन्त्यका लागि कुनै सरकारले पनि केही नगरेको गुनासो गरेका हुन । गरिवी र पछौटेपनले जगडिएको गोदावरी नगरपालिकाको वडा नम्बर ६ मा पर्ने उक्त बस्तिमा जातीय विभेद उन्मूलनको अन्तर्राष्ट्रिय दिवश मनाई रहँदा नेपाल सन्दर्भका पँतिकार उपस्थित थिए ।

६८ बर्षिय जँगबहादुर बिकले कार्यक्रमको बिचमै उठेर “म लुहार हुँ‚ मैले बनाएको त्रिशुल मन्दिरमा राखेपछि शुद्द हुने‚ म अशुद्द मैले छोएको कुरा पनि अशुद्द हुनु पर्ने” विगत देखि जातीय विभेदको पिडा भोग्नु परेको आक्रोस पोख्दै भने पञ्चायत कालमा लक्ष्यबहादुर गुरुङ्ग अञ्चलाधिस छँदा गर्मिको दिन थियो लालपुर गाउँमा हिडिरहँदा पानी प्यास लाग्यो र एउटाको आगनमा रहेको नलमा (हेण्डपाईप) चलाएर पानी पिए । पानी पिएर हिड्दै गर्दा घर मालिक आएर भने तिमी कहाँबाट आएको हो ? जात के हो ? उनले सोधे‚ मैले पनि जवाफ दिए म पुरुष हुँ । जात त २ वटा छन । फेरी घर मालिकले थर के हो ? ए ! मेरो थर लुहार हो भनेपछि उनले मलाई हातपात गर्न थाले । मैले उनलाई भने नयाँ नल किने दिन्छु भने र नल उखेलेर लडियामा राखेर हिडे । धनगढी पुगेर अञ्चलाधिसको निवासमा पुगेर मैले सबै कुरा भने । अञ्चलाधिस लक्ष्यबहादुर गुरुङ्गले त्यो बाहुनलाई अञ्चलाधिस कार्यालयबाट लिनु भन्नु यहाँ आएपछि म हेर्छु यो नल आफ्नै घरमा हाल भन्नु भयो । मैले पनि नल आफ्नै आगनमा गाडे । नल वाला बाहुनलाई भोली गएर अञ्चलाधिस कार्यालयबाट लिनु भने । दोश्रो दिन घर मालिक बाहुन अञ्चलाधिस कार्यालय पुगे । अञ्चलाधिस लक्ष्यबहादुरले बेस्सरी हप्काएर फर्काई दिएका थिए ।

छुवाछुत अन्त्यका लागि महाकाली देखि मेचीसम्मको पदयात्रामा हिडेकाहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रममा २ दशक देखि बस्दै आएका कोली कटान बासीले अहिलेसम्म लालपुर्जा नपाएको गुनासो समेत गरे ।

एक जना अगुवा रतन नेपालीले भने यो बस्तिमा ८ सय मत दलित समुदायको भएरपनि जातीय विभेदकै कारण दलित समुदायले यो वडामा कहिले पनि टिकट पाएनन । गयराति देखि दलित समुदायका घरघरमा पुग्दा जातीय विभेद अन्त्यका लागि महाकाली देखि मेचीसम्मको पदयात्रामा हिडेकाहरु अशोक दर्नाल‚ होमराज आचार्य र रीता परियारले २१ मार्चको अवसरमा कोली कटानमा आयोजना गरिएको कार्यक्रममा समेतसहभागी भएका थिए । उनीहरुलाई कोलीकटान बासिले स्वागत एवँम सम्मान गरेका थिए । विहान देखि नै दलित समुदायका घरघरमा पुगेर उनीहरुले भोग्नु परेको समस्या बारे कोलीकटान बासिको पिडा सुन्नु साथै समाधानका लागि स्थानीय सरकारलाई सम्वेदनशिल हुनु पर्ने कुरामा जोड दिएका थिए ।

राज्यले जातीय विभेद कानुनी रूपमा अन्त्य गरेपनि व्यवहारिक रूपमा अन्त्य हुन नसकेका कारण अहिले पनि कतिपय दलित समुदायले घरबाट मात्र होइन गाउँबाटै निकालिनु परेको घटना पनि रोकिएको छैन ।

जातीय भेदभाव तथा छुवाछुत कसूर सजाय ऐन २०६८‚ छुवाछुत मुक्तराष्ट्र नेपाल घोषणासँगै जातीय विभेद दण्डनिय अपराधका रुपमा रहेपनि प्रभावकारी कार्यान्वयन नभएकै कारण जातीय भेदभाव अन्त्य हुन नसकेको धेरैको गुनासो छ ।

 

  • ८ चैत्र २०७५, शुक्रबार १३:५८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU