कैलालीको गोदावरी हत्या प्रकरण : हत्यामा संलग्न दुई जना सार्वजनिक

प्रहरीले हत्यामा संलग्न रहेका धिरज र गणेश नामबाट परिचित कञ्चनपुरको लालझाडी गाउँपालिका २ चाँनदेउ शिविरका २४ वर्षीय पुन्टु भाट र कैलालीको गोदावरी नगरपालिका ६ लालपुरका २३ वर्षीय गोविन्द आउजीलाई सार्वजनिक गरेको हो।
मृतक भण्डारीका गाउँले समेत रहेका पुन्टु भाटले साला नाता पर्ने आउजीसँग मिलेर योजना बनाई हत्या गरेको खुलेको कैलालीका प्रहरी उपरिक्षक आभुषण तिम्सिनाले बताए। बैतडीको दशरथचन्द नगरपालिका स्थायी घर भएका मृतक भण्डारीसँग भाटको पूर्व चिनजान भएकाले फागुन १ गते कञ्चनपुरको वाणीमा सँगै बसेर मदिरा सेवन गरेका थिए।
वाणीबाट एउटै बसमा आएका उनीहरुले राति अत्तरियामा समेत मदिरा सेवन गरी अर्का अभियुक्त आउजीको घरमा सुत्न जाने भन्दै लगेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ। हत्या पछि गाडीको ठक्करले मृत्यु भएको देखाउनलाई भण्डारीको शव सडकमा फालेका थिए।
आउजीले भाटलाई सहयोग गरेको तर भाटले भण्डारीको टाउकोमा ढुङ्गा लाठीले कुटपीट गरी हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। उनीहरुले हत्या पछि भण्डारीसँग रहेको नगद तीन हजार लुटेका थिए। भण्डारीसँगको पैसा लुट्ने मनसायले नै हत्या गरेको बुझिाएको प्रहरीको भनाई छ।
घटनाका मुख्य अभियुक्त पुन्टु भाट यसअघि पनि अपराधिक गतिविधीमा संलग्न हुदै कैद भुक्तान गरिसकेको खुलेको छ भने उनका सहकर्मी गोविन्द आउजी भारतमा ज्यालादारी गर्दै आएका थिए। भाट जवरजस्ती करणी मुद्दामा ३ वर्ष जेल सजाय भोगेर जिल्ला कारागार कञ्चनपुरबाट केही समय पहिले मात्र छुटेको प्रहरीले जनाएको छ।
त्यस्तै उनी चोरी र पकेटमार मुद्दामा पटक पटक जेल परिसकेको खुलेको पनि कैलाली प्रहरीले जनाएको छ। हत्यामा संलग्न भाट मृतक भण्डारीको बैतडीको दशरथचन्द नगरपालिकाबाट कञ्चनपुर बसाईसरी आएका थिए। हत्या पछि एक दिन सम्म फरार रहेका उनीहरुलाई प्रहरीले गोदावरी नगरपालिका क्षेत्रबाट पक्राउ गरेको थियो
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया