सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सीवाइसी अत्तरिया डीपीएल– ३ च्याम्पीयन
"अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो  "

धनगढी सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको च्याम्पीयन बनेको छ । धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो । सीवाइसीले पहिलोपटक उपाधि उचालेको हो।

टस जितेर ब्याटिङमा आएको महेन्द्रनगरका ओपनर दिलिप नाथले ४३ रन बनाए। ४१ बल खेलमा उनले ५ चौका र १ छक्का प्रहार गरे। कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र महोम्मद नाभेद १० रनमा आउट भए। महेन्द्रनगरका ५ खेलाडी रन आउट भएका थिए। अत्तरियाका दिपेन्द्र रावतले २ ओभरमा ११ र दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २÷२ विकेट लिए। सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए।

महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएर पूरा ग¥यो। अन्तिम २ बलमा ३ रन चाहिएको अवस्थामा सन्नी पटेलले दोस्रो अन्तिम बलमा अविनाश बोहोरालाई स्ट्रेट छक्का प्रहार गरेका थिए। पटेल २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रनमा अविजित रहे। अर्का अविजित ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले ३ रन बनाए। अत्तरियाबाट अन्य खेलाडीमा जयकिसन कोल्सावालाले ३० र कप्तान दिपेन्द्रसिंह ऐरीले १७ रन बनाए। महेन्द्रनगरका महोम्मद नाभेद र अविनाश बोहोराले २÷२ विकेट लिए।

खेलमा म्यान अफ द फाईनल अत्तरियाका सन्नी पटेल भए भने पटेलले म्यान अफ द सिरिजको पुरस्कारमा २ लाख नगद पाए। उपाधि जितेसंगै अत्तरियाले ३० लाख सहित ट्रफी र मेडल पाएको छ भने उप विजेता महेन्द्रनगर १२ लाखमा चित्त बुझाएको छ।

यस्तै प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयर सिवाईसी अत्तरियाका कप्तान समेत रहेका दिपेन्द्रसिंह ऐरी चुनिए । दिपेन्द्रले सुनको जुत्ता पाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ७ खेलमा १ सय ६८ रन बनाउनुको साथै १० विकेट लिएका थिए ।

अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका सन्नी पटेल म्यान अफ द सिरीज र बेस्ट ब्याट्सम्यान घोषित भए । सन्नीले ७ खेलमा ६ पटक ब्याटिङ गर्ने मौका पाउँदा कुल २ सय २ रन बनाए । त्यस्तै बलिङमा पटेलले ९ विकेट लिएका थिए । बेस्ट ब्याट्सम्यान मार्फत एक लाख र म्यान अफ द सिरीज चुनिएकोमा  २ लाख प्राप्त गरे । भुवन कार्की प्रतियोगिताकै उत्कृष्ट बलर चुनिए । कार्कीले एक लाख प्राप्त गरे । कार्कीले ७ खेलमा १४ विकेट लिएका थिए ।

अत्तरियाले उपाधि जितेसँगै नगद ३० लाख र महेन्द्रनगर उपविजेता रहँदै १२ लाख रुपैयाँ पुरस्कार पाएका छन्। शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दीपन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाबीच फाइनलमा पहिलो पटक भिडेका थिए । भेषावकरको कप्तानीमा रहेको टिमले यसै वर्ष मात्रै पोखरा प्रिमियर लिग जितेको थियो। राउन्ड रोबिनको खेलमा अत्तरियाले एक खेल मात्रै हारेको थियो। जुन महेन्द्रनगर युनाइटेडसँग थियो। वर्षाले मैदान हिलाम्य बनाएपछि ६÷६ ओभर खेलाइएको उक्त खेलमा महेन्द्रनगरले ७ विकेटको जित हात पारेको थियो। यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले उचालेको थियो। धनगढी क्रिकेट एकेडमीले आयोजना गरेको प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाईज टोलीको सहभागिता रहेको थियो ।

  • ११ फाल्गुन २०७५, शनिबार १४:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU