धनगढी पुगेर प्रधानमन्त्री ओली भने -जनता संग गरेका सबै बाचाहरु पुरा हुन्छन् ढुक्क हुनुहोस्
निराजन परियार धनगढी । नेकपालाई अबको निर्वाचनमा पनि २ तिहाई बहुमत बाट रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।

प्रतिपक्षलाई अंकित गर्दै पार्टी अध्यक्ष समेत रहेका ओलीले अनावश्यक हल्लाका पछाडी लागेर जनतामा भ्रम सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभयो । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश स्तरीय बिशेष कार्यकर्ता भेलामा बोल्दै उहाँले आफु भ्रस्टचार न गर्ने गर्नेलाई कारर्वाही गर्ने बताए ।
उनले भने पहिले भ्रस्टचार भएर पनि , कारर्वाही हुदैन् थियो, अहिले कारर्वाही हुन्छ ।

सरकारले बिकासको गतिमा तिब्र रुपमा काम भई रहेको भन्दै कर्यकर्ताहरुलाई हल्लाको पछाडी न लागेर देश निर्माण अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले काग्रेशले सरकारी ढुकुटी रित्याएका कारणले सामाजिक सुरक्षा भत्ता बढाउन न सकेको भन्दै अब आउने बजेटमा बढेर आउने बताए ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने जनता संग गरेका सबै बाचाहरु र धोषणा पत्रमा उल्लेख गरेका सबै योजनाहरु पुरा गरेर देशलाई सहि गती तिर अगाडी बढाउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले तत्लो तहमा पार्टी एकिकरणको मा केहि ढीलो भएको भन्दै अब चाडै टुग्याउने बताए । पार्टी एकिकरण सफल हुदैन् भन्ने हल्ला सुनेको र त्यसका पछाडी नलाग्न कार्यकर्तालाई अनुरोध गर्दै यो धेरै लामो छलफल बहस पछि सफल भएको बताउनुभयो ।
भेलामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, महासचिव विष्णु पौडेल, भीम रावल, लेखराज भट्ट लगायतका नेताहरूको सहभागिता रहेको छ ।
प्रधानमन्त्री ओलीसँगै कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा मन्त्री वर्षमान पुन, खानेपानी मन्त्री बिना मगरको पनि उपस्थिति रहेको छ । भेलामा हजारौँ नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया