सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्रधानमन्त्री ओलीद्वारा बिपीनगर–बोग्टान सडकखण्डको शिलान्यास

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली जिल्लाको सहजपुर बाट डोटीको बोग्टान क्षेत्र हुँदै दिपायल पुग्ने सडकको मंगलबार डोटीको बिपीनगरमा ५० किलोमिटर सडकको शिलान्यास गर्नुभएको छ ।

सडक शिलान्या गर्दै प्रधानमन्त्री ओलीले ३० महिनामा सो क्षेत्रमा कालोपत्रे सडकमा गाडी कुद्ने बताउनुभएको छ । बोग्टान क्षेत्रको विकासका लागि संघीय सरकारका तर्फबाट बिशेष प्राथमिकता दिइने उहाँले बताउनुभयो ।

सडक शिलान्यासका क्रममा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री आोलीले बिपीनगर सहितको क्षेत्रमा विद्युतीकरणका लागि समेत पहल गरिने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेम आलेले बोग्टान क्षेत्रमा विद्युतीकरणका लागि १० करोड रुपैया लाग्ने बताएपटि उहाँले १० करोड भन्दा बढी लाग्ने भएपनि सो क्षेत्रमा केही महिना भित्र विद्युतीकरणका लागि काम हुने प्रतिवद्धता बयक्त गर्नुभयो ।

सडक शिलानयास हुनासाथ खोइ, गाडी कुदेको भन्ने चलन बढिरहेको भन्दै प्रधानमन्त्री ओलीले शिलान्यास भएपछि सडक पूर्ण हुन ३० महिना लाग्ने बताउनुभयो । उहाँले घोषणा हुनासाथ खोइ, पुरा भएको भनेर भन्ने प्रवृति घातक भएको बताउनुभयो ।

बिपीनगरमा प्रधानमन्त्रीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीले शिलान्यास गरेको सो सडक क्षेत्र शिलान्यासको बिषयमा विवादित बनेको छ ।

सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सो सडक ३० बर्ष अघि शिलान्यास भइसकेको बताएको छ । बिभिन्न खण्डमा गरी मंगलबार प्रधानमन्त्री ओलीले गरेको शिलान्यास समेतलाई जोड्दा पाँचपटक शिलानयस भइसकेको सडक पुरा गरेर प्रधानम्मन्त्रीबाट उद्घाटन गराएको भए राम्रो हुने प्रतिपक्षी दलको भनाई छ ।

प्रतिपक्षी दलका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले आफु जिल्ला पञ्चायत सभापति हुँदा नै सो सडक आफैले शिलानयास गरि कैलालीको सहजपुरबाट डोटीको बिपीनगरसम्म मोटर पु¥याएको बताउनुभयो ।

उहाँले सडक पटक पटक शिलान्यास गराएर प्रधानमन्त्रीलाई विवादमा ल्याउने काम गर्न नहुने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले मंगलबार नै चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रशासरण लाइन समम जोड्न डडेल्ुधरामा निर्माण भएको विद्युत सव स्टेशनको समेत उद्घाटन गर्नुभएको थियो ।
धनगढी खबर बाट साभार

  • ७ फाल्गुन २०७५, मंगलवार १३:५१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU