सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

काठमाडौंमाथि सहज जित निकाल्दै अत्तरिया क्वालिफायरमा

धनगढी – सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल को क्वालिफायरमा प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा आज काठमाडौं गोल्डेन्सलाई ७ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।


अत्तरियाले क्वालिफायरमा भोली ९बुधवार० काठमाडौंंसँगनै खेल्ने छ । ५ खेलमा अत्तरियामा ४ मा जित र १ मा हारका साथ ८ अंक जोड्दै शिर्ष स्थानमा रहेर क्लाफायर पक्का गर्यो । त्यस्तै काठमाडौंले ५ खेलमा ३ मा जित र १ मा हारका साथ ७ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्ने छ । तेस्रो स्थानमा रहेको रुपन्देही र महेन्द्रनगरबीच विहिवार एलिमिनेटर खेल हुने छ । एलिमिनेटरको विजेता टोली भोली पराजित हुनेसँग दोस्रो क्लालिफायर खेल्ने मौका पाउने छ ।

सामान्य ७६ रनको लक्ष्य अत्तरियाले १७ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । अत्तरिया सहज जितमा ओपनर जयकिशन कोल्सावालाले सर्वाधिक ३३ रन बनाए । १५ औं ओभरको चौथो बलमा योगेन्द्र सिंह कार्कीबाट क्याच आउट हुनु अघि कोल्सावालाले ४२ बलमा ५ चौका प्रहार गरे । कप्तान दिपेन्द्र सिंह ऐरीले ११ बलमा ३ चौका प्रहार गर्दै २० रन र सन्दीप जोरा ७ मा अविजित रहे ।

कोल्सावालाले पहिलो विकेटका लागि सुवेन्द्र पाण्डेसँग २५ रनको साझेदारी गरेका थिए । सातौं ओभरको पहिलो बलमा ललित नारयण राजवंशीले बोल्ड आउट गर्नु अघि पाण्डेले १७ बलमा ५ रन जोडे । प्रेम तामाङले २३ बलमा १ छक्का सहित १० रन बनाउँदै क्याच आउट भए । काठमाडौंका ललित नरायण राजवंशी,सुर्य तामाङ र राशिद खानले समान एक एक विकेट लिए ।

त्यस अघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको काठमाडौंले निर्धारित २० ओभरमा अल आउट हुँदै ७५ रनमा समेटिएको थियो । काठमाडौंका कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ बलमा २ चौकाको सहयोगमा ३२ रन बनाए ।त्यस्तै योगेन्द्र सिंह कार्की १३ र अंकित दवासले १० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

सुरुवाती १० ओभरमा काठमाडौं २६(२ को कमजोर अवस्थामा थियो । पहिलो विकेटको रुपमा काठमाडौंले दोस्रो ओभरको अन्तिम अनिल कुमार शाहलाई ५ रनमा गुमाएको थियो । अनिललाई भुवन कार्कीले जयशिकन कोल्सावालाबाट क्याच गराए ।त्यस्तै तेस्रो ओभरको चौथो बलमा गौरभ तोमरलाई सन्नी पटेलले १ रनमा एलपी डब्लू आउट गरेपछि काठमाडौं सुरुवातमै दवावमा परेको थियो । १२ औं ओभरको चौथो बलमा रामनरेश गिरीले भारतीय खेलाडी अंकित दवासलाई १० रनमा बोल्ड गरेपछि काठमाडौं सस्तैमा समेटिने निश्चित जस्तै बनेको थियो ।

कााठमाडौंले १५ ओभरमा मात्र ५३ रन जोडेको थियो । १६ ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि योगेन्द्रसिंह कार्कीले १२ बलमा समान एक चौका र छक्का प्रहार गर्दै १३ रन जोडे । सोनु तामाङ र नन्दन यादवले समान एक रन जोड्दा राशिद खान ३ रनमा नट आउट रहे
।अत्तरियाका लागि दिपेन्द्रसिंह ऐरीले २ ओभरमा ४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै राम नरेश गिरीलेले २,भुवन कार्की र सन्नी पटेलले समान एक एक विकेट लिए ।

  • ७ फाल्गुन २०७५, मंगलवार १२:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU