सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

विराटनगर बाहिरिदा अत्तरिया र महेन्द्रनगर प्ले अफमा

धनगढी । धनगढी सिवाईसी अत्तरिया तेस्रो संस्करणको धनगढी प्रिमियर लिग९डिपिएल० को प्ले अफमा पुगेको छ । सोमवार विराटनगर किंग्सलाई १० रनले हराउँदै एक खेल अगावै अत्तरिया प्ले अफमा प्रवेश गरेको हो ।

यो हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक भएपनि नेट रनरेटका आधारमा महेन्द्रनगर प्ले अफमा स्थान बनाएको ।

१ सय ४९ रनको लक्ष्य पक्ष्याउने क्रममा विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । विराटनगरका लागि आशिफ शेखले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । शेखले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पृथु बाँस्कोटाले २६ बलमा ४ चौका प्रहार गर्दै २७ रन बटुले ।

विराटनगरले पहिलो ओभरको अन्तिम बलमा असद उल्लाह खानलाई १३ रनमा गुमाएको थियो । भुवन कार्कीले बोल्ड गर्नुअघि खानले ५ बलमा दुई छक्का प्रहार गरे । छैटौं ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले अर्का ओपनर हरि शंकर शाहलाई ७ रनमा बोल्ड गर्दिए । लगतै एक बलपछि राजेश पुलामी मगर शून्यमा रन आउट हुन पुगे । चौथो विकेटका रुपमा आशिफ शेखलाई १२ ओभरको तेस्रो बलमा दिपेन्द्र राउतले एलपी डब्लू आउट गरेका थिए । कारण केसी १२,कुशल भुत्तेल ३ रनमा आउट हुँदा किशोर महतो ८ र साम्सद शेख ७ रनमा अविजित रहे । अत्तरियाका लागि भुवन कार्कीले ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपेन्द्र राउतले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पार्दा दिपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । दुबै भारतीय खेलाडीले उत्कृष्ट अर्धशतक प्रहारगरेपछि अत्तरियाले जारी डिपिएलमा प्रतियोगिताकै सर्वाधिक लक्ष्य प्रस्तुत गर्न सकेको हो ।

सन्नि पटेलले ३१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । त्यस्तै अर्का भारतीय खेलाडी जय किशन कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे ।

ओपनर जितेन्द्रसिंह ठकुरी र कोल्सावालाले ९।३ ओभरमा ५३ रनको साझेदारी गर्दै अत्तरियालाई राम्रो सुरुवात दिलाएका थिए । जारी डिपिएलमा ओपनरहरुले गरेको यो उच्च साझेदारी हो ।
यी दुईीचको साझेदारी शुसन भारीले ठकुरीलाई असद उल्लाह खानबाट उत्कृष्ट क्याच गराउँदै तोडेका थिए । ठकुरीले २७ बलमा १ चौका सहित १३ रन जोडे । ११ ओभरको दोस्रो बलमा सन्दीप जोरालाई ३ रनमा क्याच गराए ।

सांसद सेख ले जोरालाई करणबाट क्याच गराएका थिए । त्यस्तै १३ ओभरको पाँचौ बलमा दिपेन्द्रसिह ऐरी १० रनमा रन आउट हुन पुगे । विराटनगरका लागि शुसन भारी र साम्सद शेखले समान एक एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

  • ६ फाल्गुन २०७५, सोमबार ११:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU