रुपन्देहीले दिएको १०७ रनको लक्ष्य पछ्याउँदै धनगढी
धनगढी । धनगढी प्रिमियर लिग अन्तर्गत सातौँ दिनको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले धनगढी स्टार्सलाई १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

फाप्ला क्रिकेट मैदानमा हुस्सु र शितको कारणले टस ढिला भएको र खेललाई समेत असर गरेको कारण खेललाई १५ ओभरमा झारिएको थियो।
१५ ओभरको खेलमा टस जितेर पहिले ब्याटिंग गरेको रुपन्देहीले ९ विकेटको क्षतिमा १०६ रन बनाएको छ।
खराब सुरुवात गरेको उसका प्रदिप ऐरी गोल्डेन डक हुँदै पहिलो ओभरको दोश्रो बलमा नै क्याच आउट हुन पुगेका थिए। त्यसपछि बाबर हयातले सोमपाल कामिले गरेको इनिंगको तेस्रो ओभरको दोश्रो, तेस्रो र चौथो बलमा चौका, छक्का र पुनः अर्को छक्का प्रहार गरे। पाचौं बलमा १९ रन ९१० बल० बनाई आउट भए।
तेस्रो विकेटको लागि सुमित महर्जन र बिनोद भण्डारीले ५७ रनको साझेदारी गरे। महर्जनले ३३ रन ९२४ बल, २ चौका, २ छक्का० तथा भण्डारीले २४ रन ९२५ बल, २ चौका० बनाए। महर्जन तेस्रो विकेटको रुपमा टिमको स्कोर ८२ रन रहँदा आउट भए।
त्यसपछि ब्याटिंग कोल्याप्स भएपछी ८२र२ को अवस्थाबाट टिमले थप १० रन जोड्दा थप ५ विकेट गुमायो। आफ्नो डेब्यु खेल खेलिरहेका सुरज दराई १ रन ९३ बल०, भिम सार्की २ रन ९३ बल०, पुनित मेहरा ६ रन ९११ बल० मा आउट भए।
१३।४ ओभरमा बिक्रम सोबले आमिर हयातको बलमा २ रन लिँदै टिमको स्कोर शतक पार गराए। त्यो भन्दा अगाडीको बलमा छक्का समेत प्रहार गरेका थिए। सोबले ११ रन ९९ बल० बनाए।
पारिको अन्तिम दोश्रो बलमा पवन सर्राफले बलिंग गर्दा ललित भण्डारीको आँखा नजिक लागेपछि उनि शुन्य रनमा रिटायर्ड हर्ट भए। अन्तिम बलमा बसन्त रेग्मी समेत स्टम्पिंग आउट भए। अन्तिम ब्याट्सम्यानको रुपमा अनिल खरेल अविजित रहे।
बलिंगमा पवन सर्राफले २ ओभर गर्दै १ मेडन सहित २ रन खर्चेर २ विकेट लिए। त्यस्तै बिपिन खत्री ९३(०(१४(२० र कप्तान सोमपाल कामि ९३(०(२३(२० ले समान २र२ विकेट लिए। आमिर हयात र रोहन मुस्तफाको नाममा १र१ विकेट रह्यो।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया