धनगढीमा जारी सुदूरपश्चिम महोत्सव सम्पन्न
धनगढी ५ फागुन । माघ २१ गतेदेखि धनगढीमा सञ्चालनमा रहेको सुदूरपश्चिम महोत्सव सम्पन्न भएको छ ।

सुदूरपश्चिमको मुख्य पर्वकै रुपमा हेरिएको सुदूरपश्चिम महोत्सवले यस क्षेत्रलाइ देशमै चिनाएको छ । सुदूरपश्चिमका बिभिन्न बिकासका माग सहित आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको समापन सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गर्नुभयो ।
माघ २१ गतेदेखि सञ्चालन भएको सुदूरपश्चिम महोत्सव ३ दिन म्याद थपेर आज समापन गरिएको हो । महोत्सवको उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टबाट गराइएको थियो । यस बर्ष समय कम हुँदा खाशै नयाँपन दिन नसके पनि अर्को बर्ष फरक तरिकाले महोत्सव आयोजना गरिने कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताउनुभयो ।
यस्तै समापन कार्यक्रममा संघले विभिन्न १२ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा समाज सेवा तर्फ बद्रीनाथ भण्डारी, मन्दिर निमार्णमा श्यामसुन्दर तायल, शिक्षमा पुर्णा सिंह, पर्यटनमा अमरबहादुर शाही, स्वाथ्यमा डाक्टर सुशिल भण्डारी, खेलकुदमा मेघराज कठायत, कृषिमा कमलबहादुर घर्तीमगर, कला संस्कृतिमा भुवन दाहाल, नव प्रतिभामा रवी ओड, कला संस्कृति अभियानमा रामचरण चौधरी, महिला उद्यमीमा अनिता देवी सिंह , व्यापारमा स्वर्गीय नुरयन महमद र यातायतमा स्वर्गीय सुर्जित सिंह सम्मानित हुनुभएको हो । आज अन्तीम दिन हासयकलाकार सन्दीप क्षेत्री र गायिका मेलिना राईको प्रस्तुती समेत रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया