रुपन्देहीलाई ३९ रनको अन्तरले पराजित गर्दै अत्तरियाले दोस्रो जित
धनगढी । कप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेलेपछि रुपन्देही च्यालेन्जर्सलाई ३९ रनको फराकिलो अन्तरले पराजित गर्दै सिवाइसी अत्तरियाले रुस्लान धनगढी प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ।

दीपेन्द्रको अर्धशतकीय पारीमा अत्तरियाले दिएको एक सय २२ लक्ष्य पछ्याएको रुपन्देही निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८२ रनमै समेटियो।
रुपन्देहीका लागि सुमित महर्जनले २२, सन्दीप सुनारले १५ तथा प्रदीप ऐरी र विक्रम सोबले १४(१४ रन जोडे। त्यसबाहेक विनोद भण्डारीले १० रनबाहेक अन्यले दोहोरो अंक छुन सकेनन्।
धनगढीका दीपेन्द्र रावत, भुवन कार्की र सन्नी पटेलले उत्कृष्ट बलिङ गरे। दीपेन्द्रले ४ ओभरको स्पेलमा ९ रन खर्चेर २ विकेट लिए। यस्तै भुवनले ४ ओभरको स्पेलमा २ ओभर मेडन राख्दै १० रन खर्चेर २ विकेट लिए भने सन्नी पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अत्तरियाले दीपेन्द्रको उत्कृष्ट अर्धशतकीय पारीमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २१ रन जोडेको थियो।
दीपेन्द्रले ५० बलको सामना गर्दै ६७ रनको पारी खेलेका थिए। सो क्रममा उनले १० चौका र एक छक्का प्रहार गरे। त्यसबाहेक अत्तरियाका सुवेन्दु पाण्डे, रित गौतम र सन्नी पटेलले समान १२–१२ जोडे।
रुपन्देहीका ललितसिंह भण्डारीले ३ विकेट लिए। यस्तै विक्रम सोवले २ तथा बसन्त रेग्मी र पुनित मेहराले १–१ विकेट लिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया