सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

रुस्लान डिपिएलः धनगढीको तेस्रो हार, प्ले अफ सम्भावना कमजोर

धनगढी । धनगढी स्टार्सले रुस्लान तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार तेस्रो हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा विराटनगर किंग्ससंग २१ रनले पराजित हुँदै धनगढीले तेस्रो हार व्यहोरको हो । यो हारपछि धनगढकीको प्लेअफ पुग्ने सम्भावना कम भएको छ । अहिलेसम्म धनगढी अंक विहीन हुँदै अंक तालिकाको पुछारमा रहेको छ । अव धनगढी स्टार्सले दुई खेल खेल्न बाँकी छ ।

फाप्ला क्रिकेट मैदानमा करण केसीको कप्तानीमा रहेको विराटनगरले टस जितेर पहिले ब्याटिङ गर्दै पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १०३ रन बनायो । विराटनगरका अभिनास यादवले सर्वाधिक २७ रन जोड्दा कप्तान करण केसीले २१ रन बनाए । यस्तै आसिफ शेखले १२ रन जोड्दा संसद शेख ११ रनमा आउट भए । धनगढीका लागि कप्तान सोमपाल कामी र विपिन कार्कीले ३÷३ विकेट लिए । सोमपालले ३ ओभरमा ८ रन खर्चिए भने विपिनले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिए । रोवीन क्षेत्रीले २ विकेट लिए ।
१०४ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको सोमपाल कामीको धनगढी १९ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो । धनगढीका लागि सन्दीप रजालीले सर्वाधिक ३४ तथा राजु रिजालले १५ रन जोडे । अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । धनगढीलाई सस्तैमा समेट्न विराटनगरका अभिनास यादवले ४ ओभर बलिङ गर्दै १० रन खर्चिएर ४ विकेट लिए । यस्तै कप्तान करण केसीले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट नै लिए । सुसन भारीको नाममा २ विकेट रह्यो ।
यो हारसंगै धनगढीको प्ले अफ सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा काठमाडौं र दोस्रोमा अत्तरियासंग पराजित धनगढी पुछारमा रहेको छ । अब धनगढीलाई प्ले अफमा स्थान बनाउन बाँकी २ खेल जित्नैपर्ने बाध्यता रहेको छ । यस्तै अन्य खेलको नतिजामा समेत भर पर्नु पर्ने भएको छ । विराटनगरको भने यो पहिलो जित हो । जितसंगै विराटनगरले २ खेलबाट २ अंक जोडेको छ । विराटनगर चौथो स्थानमा छ । विराटनगर पहिलो खेलमा रुपन्देहीसंग ५ विकेटले पराजित भएको थियो ।
यस्तै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । महेन्द्रनगर युनाइटेडलाई ७ रनले हराएर काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । बुधबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३४ रन बनायो । काठमाडौंको उच्च स्कोरमा अंकित दबासले अविजित रहदै ६५ रनको अर्धशतकीय पारी खेले । दबासले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै योगेन्द्र सिंह कार्की २२ रनमा अविजित रहे । काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट हुँदा महेबुब आलमले १३ रन जोडे । सोनु तामाङ र गौरव तमोर १÷१ रनमा पेभेलियन फर्कदा अनिल कुमार साहले ६ रन बनाए । महेन्द्रनगरका अमर सिंह रौटेलाले २ विकेट लिए । मोहमद नाभिद, सागर ढकाल र अविनाश बोहराले समान १÷१ विकेट लिए
फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको १३५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको शरद भेषावकरको महेन्द्रनगरले पुरै २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरका लागि अमर सिंह रौटेलाले अविजित २८ रन जोडे । यस्तै कप्तान शरद भेषवाकरले २३ रन जोड्दा आरिफ शेखले १८ रन बनाए । आनन्द सुब्रमन्यु १५ र रोहित कुमार पौडेलले १० रन बनाएर आउट भए । काठमाडौंका राशिद खानले ३ तथा अंकित दवासले २ विकेट लिए ।
जितसंगै काठमाडौंले २ खेलबाट ४ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा उक्लिएको छ । काठमाडौंले पहिलो खेलमा धनगढीलाई ४ विकेटले हराएको थियो । महेन्द्रनगरको भने यो लगातार दोस्रो हार हो । महेन्द्रनगर पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससंग २ रनले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेपछि महेन्द्रनगरलाई प्ले अफमा पुग्न बाँकी खेल जित्नै पर्ने दबाब बढेको छ । अंक विहीन महेन्द्रनगर पाँचौ स्थानमा छ ।
लिग अन्र्तगत भोली पनि दुई खेल हुनेछन । पहिलो खेलमा प्रतियोगिताका सबै खेलहरु फाप्ला मैदानमा हुनेछन्। यो प्रस्तावित ड्रिम फाप्ला अन्तराष्ट्रिय मैदान हो।

  • १ फाल्गुन २०७५, बुधबार १३:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU