विराटनगर किंग्स द्धारा धनगढीलाई १ सय ४ रनको लक्ष्य
धनगढी । घरेलु टोली धनगढी स्टार्सले रुस्लान धनगढी प्रियिमर लिग डीपिएलको तेस्रो संस्करणमा तेस्रो हारबाट जोगिन विराटनगर किंग्सबाट १ सय ४ रनको लक्ष्य पाएको छ।

फाप्ला क्रिकेट मैदानमा बुधबार दिउँसो जारी खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३रन बनायो।
उसका भारतीय खेलाडी अविनाश यादवले सर्वाधिक २७ रन जोडे। २९ खेलेका उनले २ चौका प्रहार गरे। यस्तै कप्तान करण केसीले २१ रन बनाए।
धनगढी यसअघि सुरुवाती दुई खेलमा काठमाडौं गोल्डेन्स र सिवाइसी अत्तरियासँग पराजित भएको थियो। प्लेअफमा स्थान बनाउँन धनगढीलाई आजको खेल जित्नैपर्ने अवस्था छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया