सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

काठमाडौंको दोस्रो जित, महेन्द्रनगरको लगातार दोस्रो हार

धनगढी – भारतीय खेलाडी अंकित दबासको अलराउन्ड प्रदर्शनमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै तेस्रो रुस्लान धनगढी प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ ।


काठमाडौंले प्रस्तुत गरेको १ सय ३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाउदै १ सय २७ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा जितको लागि महेन्द्रनगरलाई १२ रन चाहिएको थियो । तर योगेन्द्रसिंह कार्कीले ५ रन खर्चेर १ विकेट लिएपछि काठमाडौंको लगतार दोस्रो जित हात पारेको हो । महेन्द्रनगरका लागि अमर सिंह राउटेलाले २७ बलमा २ चौका प्रहार गर्दै २८ रनमा अविजित रहे ।

महेन्द्रनगरलले पहिलो ओभरको दोस्रो बलमै ओपनर मोहम्मद नाविदलाई गुमायो । नन्दन यादवले नाविदलाई बाल्ड गरे । दोस्रो ओभरको चौथो बलमा राशिद खानले अर्का ओपनर दिलिप नाथलाई एलवी डब्लूको धरापमा पार्दै १ रनमा पेभिलिएन फर्काए ।

पाँचौ ओभरको तेस्रो बलमा आक्रमक रुपमा ब्याटिङ गर्न खोजि रहेका आरिफ शेखलाई ललिलत नारयण राजवंशीले १८ रनमा क्याच आउट गराए । विक्रम भुषालको हातबाट क्याच हुनु अघि आरिफले १० बलमा २ छक्का र १ चौका प्रहार गरे । चौथो विकेटका रुपमा आनन्दले १५ रन जोड्दै पेभिलिएन फर्के । १० औं ओभरको तेस्रो बलमा अंकित दवासले क्याच आउट गराउनु अघि कप्तान शरद भेषवाकर २४ बलमा ३ चौका सहित २३ रन जोडे । महेन्द्रनगरको विकेट पतन निरन्तर जारी रह्यो ।

छैटौं विकेटका रुपमा कुशल मल्ल ६ रनमा आउट भए । सातौ विकेटको रुपमा रोहित कुमार पौडेल १० रनमा आउट भए । रोहित र मल्ल दुबैलाई राशिद खानले विकेटकीपर अनिल कुमार शाहबाट क्याच गराउँदै पेभिलिएन फर्काएपछि महेन्द्रनगर १३ ओभरमा ८६(७ को कमजोर अवस्थामा पुगेको थियो । सिद्धान्त ९ रनमा आउट भए ।

काठमाडौंका लागि राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अंकित दवासले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । ललितनारयण राजवंशीले र नन्दन यादवले समान एक एक विकेट आफ्ना् नाममा लेखाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले अंकित दबासको उत्कृष्ट ब्याटिङसँगै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन जोड्यो । दुवै ओपनर पेभेलियन फर्केपछि दोस्रो ओभरमा क्रिजमा आएका अंकितले नट आउट ६५ रन जोडे । उनले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।

अंकित दबास
अंकितले योगेन्द्रसिंह कार्कीसँग मिलेर छैटौं विकेटका लागि अन्तिम ७ ओभरमा नटआउट ७६ रनको साझेदारी गरे । योगेन्द्रले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर राम्रो साथ दिए । यी दुईको उत्कृष्ट साझेदारीले काठमाडौंले जारी प्रतियोगिताको सर्वाधिक योगफल खडा गर्न सफल रहयो ।

काठमाडौंले खराब सुरुवातलाई निरन्तरता दिंदै दुवै ओपनरलाई सुरुवाती दुई ओभरमा गुमाएको थियो । अनिलकुमार शाह पहिलो ओभरको अन्तिम बलमा ६ रन जोड्दै मोहमद नविदको बलमा एलबीडब्लु भए । लगत्तै दोस्रो ओभरको पाँचौ बलमा अभिनाश बोहोराले गौरव तोमरलाई १ रनमा बोल्ड गरे ।

कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएर खेल्ने प्रयास गरेपनि १४ रन जोडेको स्थितिमा सातौं ओभरमा सागर ढकालको बलमा कट बिहाईन्ड भए । अमरसिंह राउटेलाले १३ औं ओभरको दोस्रो बलमा महबुब आलम र छैटौं बलमा सोनु तामाङलाई बोल्ड गरेपछि काठमाडौं ५८(५ को कमजोर अवस्थामा पुगेको थियो । आलमले १९ बलमा २ चौका सहित १३ रन जोड्दा सोनु १ रनमा आउट भए ।

महेन्द्रनगरका लागि अमरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । अभिनास बोहोरा,सागर ढकाल र मोहम्मद नाविदले समान एक(एक विकेट लिए ।

  • १ फाल्गुन २०७५, बुधबार ०७:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU