विकासको नाममा जथाभावी खर्च
डीबी विष्ट फागुन १ बझाङ । बझाङ जिल्लामा विकासको नाममा अनावश्यक हुने गरेकोे छ ।

बढी जस्तो सडक कटानका क्रममा यस्तो देखिएको हो । एउटै सडकले काम हुने ठाँउहरुमा समेत दुई तिन सडक खन्ने प्रचलन बढ्दो मात्रामा रहेको छ । खप्तड छान्ना गाँउपालिकाको सबै भन्दा दुर्गम तथा पछाडी परेको ठाँउ वडा नम्बर ६ को बयाना र बडाकोट गाँउ हुन् ।

अन्य वडाहरु सडक संजाल संग जोडी सकेका भए पनि यि दुई गाँउमा अहिले सडक खन्ने कामको सुरुवात गरिएको छ । यि गाँउ पुग्न एउटै सडकले पनि काम गर्ने देखीन्छ । एक गाँउ बाट अर्को गाँउ पुग्न पैदल यात्रा बाटै झण्डै १५ मिनेट मात्रै लाग्छ ।
तर यि दुबै गाँउमा पुग्नका लागि अलग अलग सडक कटान भै रहेका छन् । दुबै सडक कटान तथा निर्माण हुँदा एउटा सडक काम नलाग्ने देखीन्छ । १५।२० मिटरको दुरीमा २ सडक कटान हुन थालेका छन् ।
खप्तड छान्ना गाँउपलिकाले वडाकोट वयाना सडक खण्ड निर्माण गर्न लागेको २ बर्ष भयो । आधा भन्दा बढी सडक खन्ने काम भै सकेको छ । यो सडक कटानको कार्य अब ३ किलो मिटर मात्रै खन्न बाँकी छ । गाँउपालिकाले यस सडक खण्डका लागि झण्डै ५० लाख रुपैया खर्च गरी सकेको खप्तड छान्ना गाँउपालिकाले जनाएको छ ।

यी दुबै गाँउ जाने सडक कटानका लागि भनेर सुदूपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार बिकास मन्त्रालय बाट ३० लाख रुपैया बजे विनियोजन गरेको छ । यो बजेटले यहाँका स्थानिय बासिन्दाले अगल सडक कटान गर्ने कामको सुरुवात गरेका छन् ।
भालुभेल्ले बडाकोट बयाना शाखा सडक नामाकरण गरि १ किलो मिटर सडक कटान भएको स्थानिय बासिन्दा मंगल थापाले बताए । यो सडक खण्डले सेति लोगमार्ग सडक र गाँउपालिकाले कटान गरेको बडाकोट बयाना शाखा सडक काम नलाग्ने अवस्थामा पुग्ने खप्तड छान्ना गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तिलक बहादुर खड्काले बताए ।

यो सडक खण्डले सिमरी गाड लद्यु जल विद्युत योजना र यो सडक खण्ड भन्दा तल रहेको स्थानिय बासिन्दाको खेतियोग्य जमिन , सिचाई कुलो र ७ परिवार विस्थापित हुने पक्का रहेको वडा अध्यक्ष खड्काको भनाई छ ।
अहिले यो विषयमा यहाँका स्थानिय विच निकै विबाद रहेको खड्काले बताए उनले भने गाँउपालिकाले सडक कटान गर्दा यहाँका स्थानिय बासिन्दाले खास्सै विरोध नै गरेनन् । भालुभेल्ले बडाकोट बयाना शाखा सडक काटान गर्दा बढी भुक्ष र सेति लोगमार्ग सडक, खानेपानी,सिचाई कुलो, विद्युत खेतियोग्य जमिनका साथै सडक खण्ड भन्दा मुनि बसोबास गर्ने परिवार समेत विस्थापित हुने डरले गाँउपालिकाले खोलाको किनार बाट सडक कटान गरेको गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले बताए ।
उनले भने प्रदेश सरकार बाट बजेट विनियोजना भए पछि बयाना र बडाकोट गाँउमा जानका लागि अलग अलग सडक कटान हुन लागेका हुन् आखीरमा दुबै सडक अन्त्यमा एकै ठाँउ पुग्ने हुन् । सहकार्य गरेर अगाडी बढ्नु पर्ने ठाँउमा स्थानिय नै अलग अलग भए पछि यसले उग्र रुप लिन लागेको छ ।
“स्थानीय सरकार संग समन्वय नै नगरि प्रदेश सरकार बाट बजेट विनियोजन गर्दा बढी विबाद देखीएको यहाँका स्थानिय बासिन्दा भुवन थापाको भनाई छ । उनले भने १५।२० मिटरको दुरीमा सडक कटानको काम हुन थालेको छ माथिल्लो सडकले तल्लो सडक नै काम नलाग्ने पक्का छ । स्थानिय जनताले दिएको कर बाट जम्मा भएको रकम यसरी अनाआवष्यक अर्च हुँदा यहाँका जान्ने बुझ्ने सरोकारबालाले समेत चाँसो नदीनु निकै चिन्ताको विषय हो ।
गाँउपालिका र प्रदेश सरकार बाट विनियोजीत रकमले एउटै ठाँउ काम गर्दा सडक फराकिलो र राम्रो पनि हुनका साथै सडक समेत स्थरीय हुने भए पनि राजनितीकरणका कारण यसले उग्र रुप लिएको उनको भनाई छ । राजनिती गर्ने ब्यक्तीहरुको अडानका कारण एउटै ठाँउ जान पनि दुई दुई सडक कटान भै रहेका छन् ।

यो विकास गर्ने काम भन्दा पनि आ आफ्ना कार्यकर्ताको भ्रण पोषण गर्ने जस्तो देखीन्छ । यसमा सबैको ध्यान जान आवष्यक रहेको समाजसेवि प्रेम आग्रीले बताए । बझाङको खप्तड छान्ना गाँउपालिकामा नेपाली काँग्रेस समर्थकहरुको बाहुल्यता रहेको छ भने प्रदेशमा नेकपाको बाहुल्यता रहेको छ ।
प्रदेश सरकारले छुट्याईएको रकममा नेकपाका कार्यकर्ताहरु नै उपभोक्ता समितीको प्रमुख पदमा रहेका छन् । उक्त उपभोक्त समिती कहाँ कसरी गठन गरेको हो आफुहरुलाई जानकारि सम्म नभएको गाँउपालिका अध्यक्ष रोकाया तथा वडा अध्यक्ष खड्काको भनाई छ । बडाकोटमा ६५ परिवार र बयानामा झण्डै २०० परिवारको बसोबास छ ।
गाँउलाई सडक संजाल संग जोड्नु निकै राम्रो विषय हो तर यसरी एउटै सडकले काम गर्ने ठाँउमा समेत अनाआवष्यक रकमको खर्च गर्नु चिन्ताको विषय रहेको यहाँका जान्ने बुझ्ने ब्यक्तीहरुको राय छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया