अत्तरिया ५ रनले बिजयी, धनगढीको लगातार हार
धनगढी । धनगढी प्रिमियर लिग डिपिएलमा घरेलु टोली धनगढी स्टार्स लगातार दोश्रो खेलमा पराजित भएको छ।

प्रतियोगिताको दोश्रो दिनमा पहिलो खेलमा धनगढीलाई सिवाईसी अत्तरियाले ५ रनले पराजित गरेको हो। ९६ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतीमा ९० रन मात्रै बनाउन सक्यो। उस्का लागि राजु रिजालले अविजित रहँदै २६ रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन्। यस्तै रोहन मुस्ताफाले १८ र कप्तान सोमपाल कामीले १० रन बनाए।
अत्तरियालाई जिताउने क्रममा भुवन कार्कीले ४ विकेट लिए। यसअघि टस जितेर व्याटिङ गरेको अत्तरियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो। उस्का लागि सन्नी पटेलले अविजित ३५ रन बनाए।
बलिङमा धनगढीका रोहन मुस्ताफाले २ विकेट लिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया