‘सिएमसी सप्तरङ्ग’ कार्यक्रममा झुम्यो धनगढी (भिडियो सहित)
धनगढी । माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिङ प्रा।लीको आयोजनामा सातै प्रदेशमा भैरहेको ‘सिएमसी सप्तरङ्ग’ कार्यक्रमका लागि कलाकारहरु धनगढीमा धमकेदार प्रस्तुती दिए ।

सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित आयोजना भएको उक्त कार्यक्रमको लागि कलाकारसंगै खेलाडीहरु आइतवार धनगढी पुगेका हुन् । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको थियो ।
उक्त साङ्गितिक यात्रामा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
माघ १८ गते दमकबाट सुरु भएको ‘सप्तरङ्ग’ कार्यक्रम हिजो धनगढीमा सम्पन्न भयो । भने फागुन २ गते पोखरामा पुगेर अन्त्य हुनेछ ।
कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नु नपर्ने आयोजकले बताएको छ । कार्यक्रममा दर्शकहरुको उल्लेखिए सहभागिता रहेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया