एक दशक देखी बेवारीसे बनेको विमान स्थल, कालोपत्रे बन्दै
डीबी विष्ट बझाङ, २४ माघ । दश वर्ष यता बन्द रहेको बझाङ सदरमुकाम स्थित देवल विमानस्थल हाल कालो पत्रे गर्ने कामको सुरुवाति भएको छ ।

बझाङका नागरिक अभिन्यता, सभासद र स्थानियहरुको पटक पटकको दबाव पछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थल कालोपत्रे गर्ने भनेर ठेक्का भए पछि विमान स्थलको काम सुरु भएको हो ।
अमर कन्स्ट्रक्सनले बझाङ विमान स्थललाई कालोपत्रे गर्ने जिम्मा पाएको छ । करिब पा“च करोड ५० लाखको लागतमा १८ महिना भित्र काम सम्पन्न गर्ने गरि गत साउनमा ठेक्का सम्झौता भएको होे । विमानस्थल सम्म गाडी चल्ने सडक निर्माण भैरहेको माघ महिनाको तेस्रो साता बाट कालोपत्रेको काम सुरु भएको निर्माण कम्पनी अमर कन्स्ट्रक्सनका प्रमुख देवी न्यौपानेले बताए ।
२०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भए पछि पहिलो पटक तत्कालिन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमान स्थल २०६५ साल सम्म सञ्चालनमा रहेको थियो ।

पछिल्लो समय निगम बाहेकका निजी विमान कम्पनीहरुले पनि बझाङबाट नेपालगंज र धनगढीका लागि उडान भर्ने गरेका थिए । २०६५ सालमा बझाङ सदरमुकाम सम्म बस चल्न थाले पछि यो विमानस्थलमा कुनै पनि उडान भएका छैनन । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।
बढी जसो बझाङ नेपालगंज उडान संचालन गर्ने विमान कम्पनीहरुले नेपालगंज बाट बझाङ आउने यात्रुको चाप घट्दै गएको कारण उडान बन्द गरेको बताएका थिए ।

यद्यपी धनगढी बझाङ उडान संचालन गर्न सके दैनिक दुइ तीन वटा सम्म ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरुले बताउदै आएका छन । तर धनगढी विमान स्थलमा विमानलाई राती राख्न मिल्ने व्यवस्था नभएको भन्दै उनिहरु नै बझाङमा उडान भर्न आनाकानी गर्दै आएका छन ।
विमान संचालन हुन छाडेपछि नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका कर्मचारीलाई अन्तै सरुवा गरेको छ । लामो समय सम्म बेवारिसे जस्तै बनेको विमानस्थल स्थानियको खेल मैदान र गौचरनमा परिणत भएको थियो । विमानस्थल स्थित टावर रहेको भवन स्थानिय केटाकेटीको सौच गर्ने ठा“उमा परिणत भएको छ भने केही वर्ष अघिमात्र निर्माण सम्पन्न भएको उक्त भवनका झयाल ढोकामा रहेका शिशाहरु पनि फुटाइएको अवस्था छ ।
विमान स्थल कालोपत्रे बन्न लागे पछि यहाँका स्थानिय बासिन्दा खुखी भएका छन् । स्थनिय बासिन्दा उमासंकर जोशिले भने लामो समय देखी बन्द भएको विमान स्थलमा अहिले आएर बल्ल बल्ल कालेपत्रे गर्नका लागि विमान स्थलमा स्काई भेटरले माटो खन्ने काम सुरु गरेको छ । यसले यहाँका जनताहरुलाई ठुलोराहात पुग्नुका साथै विमान संचालनमा आए पछि अकालमा सुत्केरी महिला, दुर्घटनामा परेका ब्यक्तीहरुले ज्यान गुमाउन नपर्ने बताए ।

यता उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले लामो समय देखी विनामा स्थल बन्द भएका कारण जिल्लामा आउने पर्यटनहरु समेत घटेका बताए । उनले भने “जिल्लामा विमान संचालनमा आए पछि जिल्लाको साईपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज,सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबर लगायतका दर्जन भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटकहरुको समेत बृद्धी हुने बताए”

हिउ“दे बर्षा भएको वेला र बर्खाकोे समयमा विभिन्न ठा“उमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेका कारण आपतकालिन विरामीहरुले बर्षेनी ज्यान गुमाउने गरेका छन भने यात्रुहरुले पनि सास्ती भोग्दै आएका छन । गत वर्ष असार देखी भदौ सम्म तिन महिनको अवधीमा बझाङ लाई अन्य जिल्ला संग जोड्ने जयपृथ्वी राजमार्ग पटक पटक गरी ४१ दिन अवरुद्ध भएको थियो । यस अवधीमा उपचारको लागी धनगढी लैजादै गरेका ५ जना विरामीहरुले बाटैमा ज्यान गुमाउनु परेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया