सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढीबाट कांग्रेसले भन्यो कम्युनिष्ट सरकारको उपहार हत्या र हिंसा

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध आज सुदूरपश्चिममा पनि प्रदर्शन गरेको छ। काँग्रेसले केन्द्रीय कमिटिको निर्देशन अनुसार सरकार विरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सहित नौ वटै जिल्लामा विरोध ¥याली सहित प्रर्दशन गरेको हो।

निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्नुपर्ने, चिकित्सा शिक्षा विद्येयक, वाइवडी विमान खरिद काण्ड, सरकार बहुमतका नाममा संसदीय विधि र पद्धती विपरीत चलेको लगायतका विषयमा विरोध जनाउदै काँग्रेसले सरकार विरुद्ध प्रर्दशन गरेको हो।

सोही क्रममा सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको चौराहदेखी एलएन चौक सम्म विरोध ¥याली निकाल्दै विरोध सहित काँग्रेसले शक्ति प्रर्दशन गरेको छ। प्रदर्शनका लागि कैलाली जिल्लाका विभिन्न क्षेत्रबाट ठुलो संख्यामा काँग्रेस नेता कार्यकर्ता धनगढी पुगेका थिए।

प्रर्दशन पछि एलएन चौकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारीले डाक्टर गोविन्द केसी अनसनमा रहेका बेला दुई तिहाईको आडमा सरकारले चिकित्सा शिक्षा विद्येयक पास गरेर संसदीय विधि र प्रक्रिया मिचेको बताए। बहुमतको आडमा कम्युनिष्ट सरकारले अधिनायकवाद लादेर जनतालाई दुःख दिने काम गरेको आरोप नेता भण्डारीले लगाए। कांग्रेस संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले केपी ओली नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नुको सट्टा जनतालाई मार्ने काम गरेको आरोप लगाए। दुई तिहाइको सरकारले नेपाली जनतालाई हत्या र हिंसाको उपहार दिनु बाहेक केही नगरेको रावलले बताए। कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको हत्यामा दोषिलाई बचाउन प्रमाण नष्ट गर्न सरकार लागी परेको आरोप समेत काँग्रेसले दोहो¥याएको छ।

नेता रावलले सीमा अतिक्रमणका विषयमा मौन बसेको सरकारले कुटनितिक हिसबाले बेलायत पछिको देश अमेरिका विरुद्ध नेकपाका अध्यक्षले वेइमानी गरेको आरोप समेत लगाए। उनले यसले नेपालीको शिर झुकाएको भन्दै खबरदार केपी सरकार, तिमी नेपालीको छोरी हो की हैन रु भन्ने प्रश्न गर्ने बेला आएको बताए। कोणसभालाई सम्बोधन गरेका काँग्रेस नेता तथा पूर्वमन्त्री रामजनम चौधरीले केपी शर्मा ओलीले उखान टुक्काको भुलभुलैयामा जनतालाई राखेको तर्क गरे।

चौधरीले सरकारले कानुन र विधिको उपहास गरेको बताए। दुई तिहाईको सरकारबाट जनताले आर्थिक समृद्धिको आशा गरे पनि महंगी र कर बढाएर जनतालाई मारमा पारेको बताए। सरकारले धार्मिक स्वतन्त्रता, प्रेस स्वतन्त्रताको खिल्ली उडाउदै सरकारले अधिनायकवाद लादेको आरोप समेत चौधरीको थियो। सभालाई सम्बोधन गर्ने क्रममा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर ओडले काँग्रेसले नेतृत्व गरिरहेका स्थानीय सरकार चेपुवामा परेको बताए।

धनगढी उपमहानगरपालिकामा आठ महिनामा पाँच जना प्रमुख प्रशासकिय अधिकृत परिवर्तन गरिहेको प्रसंग उल्लेख गर्दै मेयर ओडले काँग्रेसले बहुमत ल्याएका स्थानीय सरकारमा कर्मचारीहरुको विकृत अवस्था सिर्जना गरेको गुनासो गरे । योजना छनौट गर्दा झ्यालबाट योजना हालेको व्यङ्ग गरे।
दिनेश खबरबाट साभार

  • २१ माघ २०७५, सोमबार १२:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU