सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पार्वती विशुन्केको प्रश्न- ‘कतै एमालेमा “म”वादको विषवृक्ष हुर्किएको त होइन ?’ ।

काठमाडौं ७ असोज । पार्टीका अध्यक्ष लगायत पदाधिकारी र सदस्य कमरेडहरु,
अध्यक्ष कमरेडको सम्बोधन हामीले सुन्यौँ। भाषा, प्रस्तुति र विषयवस्तुका हिसाबले सम्बोधन राम्रो छ। तर, अझ प्रभावकारी बनाउनुपर्ने केही महत्वपूर्ण विषयहरू छन् भन्ने मलाई लाग्छ। ती विषयलाई आलोचना होइन, आत्मसमीक्षा र सुधारको भावनाबाट हेर्नुपर्छ।

मिलाउनुपर्ने पहिलाे कुरा के हो भने युग फेरियो, जुगजमाना फेरियो, समाजको मनोविज्ञान फेरियो, सबै थोक फेरियो तर हामी आफू नफेरिने भन्ने खालको संवाेधनमा छ । याे साेचले हामीलाई गनतव्यमा पुर्याउदैन याे कुरा मिलाउनु पर्छ ।

दाेस्राे कुरा हाम्रो पार्टी आम चुनावमा पराजित भएकाे भनेर मात्र पुग्दैन । चुनावमा हारजितलाई हामी स्वाभाविक रुपमा लिन्छौं र लिनु पनि पर्छ । तर, पार्टी, चुनावी गणितमा मात्र होइन राजनीतिमा पनि पराजित भएको छ । चुनावमा हारियो भने फेरि जित्न सकिन्छ तर राजनीति हारियो भने उठ्न गाह्रो हुन्छ ।
त्यसैले निर्वाचन परिणामसँगै हाम्रो राजनीतिक कार्यशैली र जनसम्बन्धको विषयमा पनि गम्भीर समीक्षा गरौँ।
हामी कम्युनिष्टहरुले आफूलाई केन्द्रमा राख्ने होइन, देश, पार्टी र समाजलाई केन्द्रमा राख्नुपर्छ । म भन्ने होइन, हामी भन्नुपर्छ । कतै हाम्रो पार्टीमा ‘म’ वादको विष वृक्ष हुर्किएको त होइन ? यो कुरा विचार गरौं । यहाँ उपस्थित सम्पूर्ण कमरेडहरुले आफूलाई केन्द्रमा राखेर, म नै सर्वेसर्वा , अरुलाई रैती र दासको जस्तो व्यवहार गरिरहेका त छैनौं ? क- कसले गरेका छौं, आफूले आफैलाई सोधौं, आत्मचिन्तन गरौं ।

अध्यक्ष कमरेड
पार्टीको सचिवालय बैठकले निर्वाचन समीक्षा र पुनर्गठनका लागि कार्यदल बनाएको थियो। कार्यदलले प्रतिवेदनसमेत तयार गरेको कुरा हामीले सुनेका छौँ। त्यो प्रतिवेदन कमिटीमा ल्याएर खुला, तथ्यमा आधारित र सामूहिक छलफल गरौँ। यसले आम रुपमा हाम्राे पार्टी विधि, पद्धति, सामूहिकता र सहकार्यबाट अघि बढेकाे छ भन्ने सन्देश दिन्छ । कम्युनिष्ट पार्टी भित्र आलाेचना र आत्माआलाेचनालाई स्वभाविक रुपमा लिनु पर्ने हाेईन र ?
अब हाम्राे कार्यभार भनेकाे,
जनसम्वन्ध पुन: स्थापना आजकाे आवश्यकता हाे अब हाम्राे पार्टीले युवा, महिला,दलित, भुईमान्छे, आधारभुत तहकाे वर्ग, उद्यमी, किसान, पेशाकर्मी, विद्यार्थी र प्रविधिमैत्री युवासंग नयाँ सम्बन्ध निर्माण गरेर जान सक्ने, जनताको कुरा सुन्ने, जनतासँगै हिँड्ने र जनताको समस्याको बुझ्ने पार्टी बनाउनुपर्छ।
याे युगकाे माग हाे ।

हाम्राे पार्टीमा युवा नेतृत्व बढाउ, अहिले ३५-५० वर्ष मुनिका युवाले पार्टी र सरकार चलाई बसेका छन् अब उनीसंग प्रतिष्पर्धा गर्ने युवा हामीले तयार गर्न सकेनाै भने आगामी निर्वाचनमा हाम्राे पराजय धेरै पर छैन, सधै बासी कुराकाे बहस गरेर गन्तव्यमा पुगीदैन भन्ने मेराे ठहर छ !

अब सधै हाम्राे पार्टीमाथी षड्यन्त्र र प्रतिशाेध साधियाे भन्ने भाष्यले पार्टी बन्दैन, पार्टी बनाउँन पार्टी भित्रका नेता, कार्यकर्ताकाे मन मिलाउ, अल्पमतकाे कदर र बहुमतकाे निर्णय गरि सबैले Win- Win काे महशुस गर्न सक्ने पार्टी संगठन निर्माण गराैं ।
साथै
हाम्राे पार्टी व्यक्तिमुखी हाेईन – संस्थामुखी बनाउँ
यथास्थितमुखी हाेईन – रुपान्तरणमुखी बनाउँ
जनताबाट टाढीएकाे हाेईन जनतामाझ – फर्किएकाे एमाले बनाउँ
सतही कुराकाे बहस हाेईन पार्टी जनमैत्री बनाउँन गहिराईमा पुगेर बहस गराैं, याेजना बनाउँ, कार्यान्वयन गराैं र परिणामकाे समीक्षा गराैं ।
धन्यवाद !!!

  • ७ आश्विन २०८३, बुधबार १७:१६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।
    काठमाडौं महानगरमा कांग्रेस सभापति निर्वाचित सुसन वैद्य को हुन?
    अवैध सामान बरामद प्रकरणमा रास्वपाको स्पष्टीकरण, ‘भोला साह पार्टीका नेता होइन ।

    ताजा अपडेट

    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धान खेतमा सोही स्थानका...

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।

    प्रेमचन्द्र झा, रौतहट १७ असोज  । मधेश प्रदेशका पूर्वअर्थमन्त्री जितेन्द्र यादव (सुनिल यादव) को...

    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    • नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।
    • ‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU