सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

होर्मुज जलडमरुमा जहाजमाथि आक्रमण, विश्वव्यापी तेल आपूर्तिलाई लिएर चिन्ता

काठमाडौं  २८ भदौ ।  इरानसँग जोडिएको युद्धका कारण विश्वको महत्त्वपूर्ण ऊर्जा मार्गका रूपमा रहेको होर्मुज जलडमरुमा जहाजमाथि आक्रमणको नयाँ रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिलाई लिएर चिन्ता थप बढेको छ। यसैबीच साउदी अरबले महत्त्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइनसमेत अस्थायी रूपमा बन्द गरेको छ।

बेलायती नौसेनासँग सम्बद्ध युके मेरिटाइम ट्रेड अपरेसन ९यूकेएमटीओ०ले आइतबार होर्मुज जलडमरु पार गरिरहेको एउटा जहाजमा प्रक्षेप्यास्त्रजस्तो वस्तु प्रहार भएको जानकारी प्राप्त भएको जनाएको छ। आक्रमणबाट जहाजमा कति क्षति भयो र चालक दलका सदस्यहरूको अवस्था कस्तो छ भन्ने तत्काल स्पष्ट नभएको यूकेएमटीओले जनाएको छ।

यो घटनाको एक दिनअघि साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो १ हजार २०० किलोमिटर लामो पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको थियो। इराक र साउदी अरब दुवैले उक्त ड्रोन आक्रमण इराकबाट भएको बताएका छन्। इराकमा इरानसमर्थित सशस्त्र समूहहरू सक्रिय छन्।

उक्त पाइपलाइन पछिल्लो ६ महिनादेखि होर्मुज जलडमरु युद्धका कारण ठूलो मात्रामा अवरुद्ध भएपछि मध्यपूर्वको तेल विश्व बजारमा पु¥याउने प्रमुख मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। यसबाट दैनिक ४० लाखदेखि ५० लाख ब्यारेल तेल आपूर्ति हुँदै आएको थियो, जुन विश्वको कुल तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हो।

पाइपलाइनमाथिको आक्रमणको जिम्मेवारी तत्काल कसैले लिएको छैन। स्याटेलाइट तस्वीरमा मदिनाको दक्षिणी क्षेत्रमा रहेको पाइपलाइन आसपासबाट कालो धुवाँ निस्किरहेको देखिएको थियो। आक्रमणबाट केही व्यक्ति घाइते भएको र क्षतिको मूल्यांकन भइरहेको साउदी विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरानको हात रहेको हुन सक्ने बताएका छन्। यसअघि शनिबार साउदी नागरिक सुरक्षा निकायले यमनका हुथी विद्रोहीले प्रहार गरेको प्रक्षेप्यास्त्र जजान क्षेत्रमा खस्दा दुई जना घाइते भएको तथा मस्जिदसहित केही भवनमा क्षति पुगेको जनाएको थियो।

साउदी नेतृत्वद्वारा अमेरिकासँग सैन्य सहयोग माग

ऊर्जा आपूर्तिमाथि बढ्दो जोखिमसँगै अमेरिका र इरानबीचको युद्धले तेलको मूल्यसमेत तीव्र रूपमा बढाएको छ। पछिल्लो एक सातामा ब्रेन्ट कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ भने अमेरिकामा डिजेलको खुद्रा मूल्य पहिलोपटक प्रतिग्यालोन ६ डलरभन्दा माथि पुगेको छ।

अमेरिका र इरानले एकअर्कासँग सम्बन्धित तेल ट्यांकरमाथि आक्रमण गरिरहेका बेला इरानसमर्थित यमनका हुथी विद्रोहीहरू लाल सागर क्षेत्रमा अघि बढेका छन्। यसले तेल आपूर्तिको अर्को महत्त्वपूर्ण मार्गमा समेत अवरोध लम्बिन सक्ने जोखिम बढाएको छ।

साउदी युवराज मोहम्मद बिन सलमानले गत बिहीबार ट्रम्पसँग फोनवार्ता गर्दै हुथीविरुद्ध लड्न अमेरिकी सैन्य सहयोग मागेको रोयटर्सले तीन स्रोतलाई उद्धृत गर्दै जनाएको छ। तर अमेरिकाले तत्काल प्रत्यक्ष रूपमा हस्तक्षेप नगर्ने र गुप्तचरसम्बन्धी सहयोग गर्ने बताएको स्रोतहरूको भनाइ छ। ट्रम्पले शनिबार युवराजसँग आफूले कुराकानी गरेको पुष्टि गर्दै हुथीहरूले समेत अमेरिकी प्रशासनलाई फोन गरी युद्धमा प्रत्यक्ष संलग्न नहुन आग्रह गरेको बताएका छन्।

यसैबीच, यमनी सरकारका चार स्रोतले हुथीहरूले शुक्रबार लाल सागरको प्रवेशद्वार बाब अल–मन्देब जलडमरुको रणनीतिक टापु पेरिम नियन्त्रणमा लिएको बताएका छन्।

ओमान बैठकबाट तत्काल सम्झौताको सम्भावना न्यून

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा गत जुनमा भएको सहमति केही सातामै भंग भएपछि दुई देशबीच नयाँ वार्ता हुन सकेको छैन।

इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका प्रमुख इब्राहिम अजीजीले शनिबार सामाजिक सञ्जाल एक्समा अमेरिकाले इरानका सबै सर्त स्वीकार नगरेसम्म संवाद र वार्ताको कुनै अर्थ नरहेको बताएका छन्।

इरानी विदेश मन्त्रालयले सोमबार ओमानमा हुने खाडी अरब राष्ट्रहरूको बैठकमा सहभागी हुने जनाएको छ। बैठकमा होर्मुज जलडमरुको भविष्यबारे समेत छलफल हुने बताइएको छ। तर, एक वरिष्ठ इरानी अधिकारीले बैठकबाट तत्काल महत्त्वपूर्ण सहमति हुने सम्भावना न्यून रहेको बताएका छन्। उनका अनुसार ओमानको पहलमा हुन लागेको बैठकमा होर्मुज जलडमरुसहित विभिन्न विषयमा छलफल हुनेछ, तर लिखित सम्झौता हुने अपेक्षा गरिएको छैन।

इरानले होर्मुज जलडमरुमाथिको आफ्नो नियन्त्रणलाई मान्यता दिनुपर्ने र त्यहाँबाट जाने जहाजसँग शुल्क उठाउन पाउनुपर्ने माग राखेको छ। अमेरिकाले भने उक्त माग अस्वीकार गरेको छ। होर्मुज जलडमरुको अर्को किनार ओमानको नियन्त्रणमा छ।

  • २८ भाद्र २०८३, आईतवार ११:३६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ट्रम्पले अस्वीकार गरे हर्मुज खोल्ने इरानको नयाँ प्रस्ताव ।
    यूएनमा बालेनको विश्वलाई सन्देश : ‘नेपालले संकट सिर्जना गरेको होइन, मूल्य भने चुकाइरहेको छ’ ।
    Hong Kong’s Chief Executive takes to the airwaves to discuss .his strategic vision for development under the city’s First Five-Year Plan

    ताजा अपडेट

    गढीमाईमा ५५ वर्षीय सफि आलम मृत अवस्थामा फेला ।

    प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः१० बजेको समयमा स्थानीय अतिउल्लाको धान खेतमा सोही स्थानका...

    जितेन्द्र यादवको गाउँको ‘इन्द्र सरोवर’ पर्यटकीयस्थल बनाउन माग ।

    प्रेमचन्द्र झा, रौतहट १७ असोज  । मधेश प्रदेशका पूर्वअर्थमन्त्री जितेन्द्र यादव (सुनिल यादव) को...

    • रौतहटमा पोखरीमा डुबेको अवस्थामा २८ वर्षीय युवक मृत फेला ।
    • बङ्कुल नाकामा ठूलो ‘राजस्व खेल’को संकेत : १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद ।
    • नेपाली कांग्रेस पुनर्वास वडा नम्बर ३ को अधिवेशन सम्पन्न ।
    • ‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’-मन्त्री बादी ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU