सरकार विरुद्ध नेपाल तरुण दलको धनगढीमा बिरोध प्रदर्शन (भिडियो सहित)
धनगढी – नेपाली काग्रेशको भातृ संगठन नेपाल तरुण दलले सरकार विरुद्ध सोमबार धनगढीमा बृहत् बिरोध प्रदर्शन गरेको छ।

सरकारले बढ्दो महंगी, भ्रस्टाचार नियन्त्रण गर्न नसकेको र शान्ती सुरक्षा कायम गर्न नसकेको बिरोधमा तरुण दलले बिरोध प्रदर्शन गरेको हो।

धनगढीको ट्राफिक चौराहबाट सुरु भएको बिरोधको मूल नारा कम्युनिष्ट सरकारको चमत्कार, महंगी बलात्कार र भ्ष्टाचार रहेको छ। जुलुसमा डाक्टर गोबिन्द केसीको माग पूरा गर, महंगी नियन्त्रण गर, शान्ति सुरक्षा कायम गर, निर्मलालाई न्याय देलगायतका नारा लगाइएका थिए।

जुलुस पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई तरुण दलका अध्यक्ष जितजंग बस्नेतलगायतले संबोधन गरेका थिए ।

बिरोध जुलुसमा सहभागी हुन ९ वटै जिल्लाबाट तरूणलगायत नेपाली कांग्रेसका नेता कार्यकर्ता धनगढी पुगेका हुन ।
हेरौ भिडियो
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया