प्रचण्ड परिवारलाई फ्लुले सतायो, उनीसहित पत्नी सीता र बुहारी बिना पनि बिमारी
काठमाडौं, ८ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता केही दिन अघि भाइरल ज्वरोका कारण सुमेरु अस्पतालमा भर्ना भइन् । अहिले पनि उनी अस्पतालमा उपचारका क्रममा छिन् ।

सीता दाहाललाई फ्लु लागेपछि आइसीयुमा राखिएको छ । यसै पनि बिमारी रहेकी उनलाई फ्लुले सताएपछि अस्पताल लगिएको थियो ।
सीता बिमारी भएको भोलीपल्टै बुहारी तथा खानेपानी मन्त्री बिना मगर पनि बिमारी भइन् । उनी पनि अस्पतालमा उपचारका क्रममा छिन् । उनलाई धापाखेलको निजी अस्पतालमा भर्ना गरिएको छ । उनको नाक र कानमा इन्फेक्सन देखिएको छ ।
यता, प्रचण्ड आफैं पनि बिरामी भएको खुमलटार स्रोतले जनाएको छ । उनलाई चिकित्सकले धपेडी नगर्न भन्दै आरामका लागि सुझाव दिएका छन् । उनी अहिले खुमलटारस्थित निवासमा आराम गरिरहेका छन् भने कसैसँग भेटघाट गरिरहेका छैनन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया