जवाफदेही र उत्तरदायिका लागि साझेदारी मंच
धनगढी ४ माघ । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकामा पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत साझेदारी मञ्च गठन गरिएको छ ।

गौरीगंगा नगरपालिकाका नगरप्रमुख भिमबहादुर देउवाको संयोजक र उममेयर अञ्चला चौधरीको सह संयोजकमा २९ सदस्यीय साझेदारी मंच गठन गरिएको छ ।
गठन गरिएको साझेदारी मंचमा गौरीगंगा नगरपालिकाका ११ वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य,बिषयगत प्रमुख,व्यावसायी,नागरिक समाज र पत्रकारहरु सदस्य रहेका छन् ।

फएमडिसीका कार्यकारी निर्देशक तथा वरिष्ठ पत्रकार उमीद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नगर प्रमुख भिमबहादुर देउवा रहनुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख देउवाले कार्यक्रम निकै महत्वपुर्ण भएको बताउदै सुशासन कायम गर्न सबै जना जिम्मेवार बन्नुपर्ने बताए । उनले नगरबासीका समस्या र सवालहरुलाई सम्बोधन गर्न यो मंच आवश्यक भएको बताए । उनले भने जनप्रतिनीधीहरु,नागरिक समाज र मिडिया संगसंगै मिलेर पछि मात्र शुशासन कायम हुने उल्लेख गरे ।

एफएमडिसीका कार्यकारी निर्देशक तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले जनप्रतिनीधि नागरिक समाज तथा सञ्चार क्षेत्रमा काम गर्ने संस्थाहरुबीच सुमधुर सम्वन्ध र नीतिगत पैरवीमा सहकार्य गर्न सहज हुने बताए ।
त्यस्तै नगर उपप्रमुख अञ्चला चौधरीले नगरबासीका समस्या समाधान गर्न नगर पालिका सधै प्रतिबद्ध रहेको बताए । साझेदारी मंचले जनताहरुका सवालमा जनप्रतिनीधिलाई अझ नजिक ल्याउने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशीले साझेदारी मंच र पारस्पारिक जवाफदेहिताका बारेमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अभियान अधिकारी निराजन परियारले गरेको थियो ।
पारस्पारिक जवाफदेहिता परियोजना अन्तरर्गत एफएमडिसी,बिकास र सामाजिक परिवर्तनका लागि संचारले नागरिक सामाज तथा जनप्रतिनीधीलाई जवाफदेहि र उत्तरदायि बनाउ साझेदारी मंच गठन गरिएको हो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया