सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

त्रिभुवन विश्वविद्यालयद्वारा सुन्ताला जातका फलफूलको भण्डारण तथा बजारीकरण सुधारका लागि नवीन शीतभण्डारण प्रविधिको अनुसन्धान शुभारम्भ

काठमाडौँ, ३० चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)ले आज सुन्ताला जातका फलफूलको दिगो भण्डारण र बजारीकरणका लागि नवीन शीतभण्डारण समाधानसम्बन्धी अनुसन्धान परियोजनाको प्रारम्भिक कार्यशाला (इन्सेप्सन वर्कशप) सम्पन्न गरेको छ ।


रिकास्ट पुस्तकालयमा आयोजित उक्त कार्यशालाले ‘Innovative Cold Storage Solution for Enhancing Citrus Storage and Marketability: A Multidisciplinary Approach’ नामक परियोजनालाई औपचारिक रूपमा सुरुवात गरेको छ । यो परियोजना त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान (NPAR) अन्तर्गत Innovative Research Grant (IRG)–२०२५ (Project Code: TU-NPAR-081/82-IRG-01) बाट आर्थिक सहायता प्राप्त छ ।


नेपालका सुन्ताला किसानहरूले हाल उपयुक्त भण्डारण पूर्वाधारको अभावमा ३० देखि ४० प्रतिशतसम्म उत्पादन गुमाउँदै आएका छन्, जसले प्रत्यक्ष रूपमा उनीहरूको आय र खाद्य सुरक्षामा असर पारेको छ । यो बहुविषयक परियोजनाले नेपालको ग्रामीण भूगोल र ऊर्जा अवस्थासँग मिल्ने कम लागत, ऊर्जा दक्ष स्थानीय शीतभण्डारण समाधानको डिजाइन, परीक्षण तथा प्रमाणीकरण गर्ने लक्ष्य राख्दछ ।
मुख्य अनुसन्धानकर्ता डा. दीपेन्द्र पराजुलीले परियोजनाको तीन चरणको मार्गचित्र प्रस्तुत गरे (१) विभिन्न तापक्रममा सिट्रसको शारीरिक व्यवहारको अध्ययन, (२) स्थानीय सामग्री तथा नवीकरणीय ऊर्जा प्रयोग गरी नवीन शीतभण्डारण इकाईको प्रोटोटाइप निर्माण, र (३) बजार जोड्ने प्रोटोकलको विकास । प्राविधिक परामर्शदाता ई. डा. रितु राज लम्साल (मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, चित्लाङ) तथा डा. उमेश अचार्य (राष्ट्रिय कृषि अनुसन्धान परिषद्, खुमलटार)ले डिजाइन र बागवानी पक्षमा आवश्यक सुझाव दिए ।
कार्यशालाको अध्यक्षता गर्दै रिकास्टकी कार्यकारी निर्देशक प्राध्यापक डा. मीना राजभण्डारीले यो अनुसन्धान प्रयोगशालामा सीमित नरहेर व्यावहारिक समाधानमा केन्द्रित रहेको बताइन् । उनले भनिन्, “हाम्रो लक्ष्य भनेको विस्तारयोग्य तथा किसानमैत्री शीतभण्डारणको नमूना विकास गर्नु हो, जसले फोहोर कम गरी स्याङ्जा र अन्य जिल्लाका निबरवा किसानहरूको बजार पहुँच तथा मोलतोल क्षमता बढाउनेछ ।”
कार्यशालामा नीति निर्माता, शिक्षाविद् र निजी क्षेत्रको उल्लेख्य उपस्थिति रहेको थियो । माननीय सांसद डा. धनञ्जय रेग्मी (स्याङ्जा–१) विषेश अतिथिका रूपमा उपस्थित हुँदै क्षेत्रीय स्तरमा कृषि पूर्वाधारको तत्काल आवश्यकता औंल्याए । अनुसन्धान निर्देशनालयका निर्देशक प्रा. डा. ईश्वर कोइराला तथा कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका डीन सह प्राध्यापक डा. किशोर चन्द्र दाहालले व्यावहारिक तथा प्राथमिकता प्राप्त अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयको प्रतिबद्धता व्यक्त गरे । त्यसैगरि कार्यकारि निर्देशक सेरिडका सह प्रा. डा. राजेन्द्र कुवँर, सिनासका सह प्रा. डा. मृगेन्द्र बहादुर कार्की तथा सेडाका प्रा. डा. अर्जुन बरालले यो परियोजनाले विज्ञान तथा प्रविधि मात्र नभई अन्य विधालाई समेटेकाले अनुसन्धानको नतिजा बहुआयामिक हुने कुरा व्यक्त गरे ।
प्रयोगात्मक पक्षको प्रतिक्रियामा श्री पुष्पराज पौडेल (राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, न्याम्प), श्री डम्बर खनाल (यु.बी. होल्डिङ्स प्रा. लि.) र श्री नितेश कुमार पौडेल (हिटिङ्ग एन्ड कुलिङ्ग सोलुसन) ले निजी क्षेत्रको सहभागिता र किसानलाई मर्मतसम्भार तालिमको आवश्यकता औंल्याए ।
शैक्षिक पक्षको प्रतिक्रियामा प्रा. डा. नारायण अधिकारी (भौतिकशास्त्र केन्द्रीय विभाग)ले चिस्यान प्रकृयामा भौतिकशास्त्रको भुमिका, प्रा. डा. गिरिराज त्रिपाठी (जैविकप्रविधि केन्द्रीय विभाग)ले जैविकप्रविधिको महत्व र प्रा. डा. रवीन्द्र भट्टराई (इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक)ले चिस्यान भण्डारण भन्दा पनि चिस्यान श्रृङ्खलामा जोड दिनुपर्ने सुझाव दिए ।
गुणस्तर प्रत्याभूति तथा मान्यता केन्द्र, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. अच्युत अधिकारीले यो परियोजनालाई परिणाममुखी अनुसन्धानको नमूना भने । अनुसन्धान समन्वय तथा विकास परिषद् (आरसीडीसी) सदस्य प्रा. डा. राजाराम प्रधानाङ्ग र प्रा. डा. नरेन्द्रराज खनालले परियोजनाको बहुआयामिक अध्ययन संरचनाको प्रशंसा गरे ।
अनुसन्धान टोलीले अब छानिएका सुन्ताला बढि उत्पादन हुने जिल्लाहरूमा आधारभूत सर्वेक्षण थाल्नेछ, र सन् २०२६ को अन्त्यसम्ममा प्रोटोटाइप तयार पार्ने लक्ष्य रहेको छ । त्रिभुवन विश्वविद्यालयको राष्ट्रिय प्राथमिकता क्षेत्र अनुसन्धान (NPAR), अनुसन्धान निर्देशनालय, नवप्रवद्धनात्मक अनुदान परियोजना अन्तर्गतको त्रिवर्षीय परियोजनाले ताप–प्रवाह इन्जिनियरिङ्ग, कटनीपछिको फिजियोलोजी र कृषि अर्थशास्त्रलाई समेटेको छ । उक्त अनुसन्धान कार्यक्रम तेह्रथुम, सिन्धुली, स्याङ्जा र डडेलधुरा गरि ४ जिल्लामा र १ नमूना चिस्यान भण्डार नयाँ बनाई तथ्याङ्क संकलन गरि अगाडि बढाईनेछ । यस परियोजनामा १ प्रमुख अनुसन्धाता, २ सह–मुख्य अनुसन्धाताहरु, १ अनुसन्धाता, २ प्राविधिक परामर्शदाता, १ अन्तर्राष्टिय सहकार्यकर्ताका साथै भौतिकशास्त्र केन्द्रीय विभाग, जैविकप्रविधि केन्द्रीय विभाग र शिक्षाशास्त्र केन्द्रीय विभागबाट उपाधि प्राप्त गर्नै गरि स्नातकोत्तर तथा विद्यावारिधि विद्यार्थीहरु, १ प्राविधिक सहायक, १ अनुसन्धान सहायक, १ प्रयोगशाला सहायक तथा ४ जिल्लाका लागि ४ क्षेत्र सहायकहरु सकृय रुपमा संलग्न छन् ।
सम्पर्क व्यक्तिः
डा. दिपेन्द्र पराजुली
व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौँ ।
९८५११३५४३६, deependra.parajuli@trc.tu.edu.np

  • ३० चैत्र २०८२, सोमबार २१:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU