मानसिक रुपमा विछिप्त‚ असहाय असक्तहरुको सुरक्षित स्थान साहारा घर (भिडियो सहित) "साहारा घरलाई सरकारको सहाराको आवश्यकता "
बर्दगोरीया । कैलालीमा सञ्चालनमा रहेको सहारा घर असहाय असक्त‚ मानसिक रुपमा विरामी महिला र पुरुषहरुलाई सुरक्षित स्थानमा बनेको छ । कैलाली जिल्लाको मध्यवर्ति क्षेत्रमा पर्ने बौनिया बजारको सडकमा खुट्टाको घाउमा किरा परेका मानसिक रोगीलाई आफ्नो घरमा राखेर नयाँ जीवन दिएपछि सहयोगी हातहरुले सहारा घर शुरु गरेका थिए ।

सडकमा सुति रहेकाहरु मानसिक रुपमा विछिप्त‚ असहाय असक्त र विरामीहरुले सुरक्षित स्थान‚ बस्ने खाने व्यवस्था र मानसिक रुपमा उपचार पाएपछि अहिले १२ जना महिला र ४० जना पुरुषहरुले राहत पाएका छन ।
प्युठानबाट बतासिदै एक वर्ष अघि लम्कीको सडकमा शरीर रगतले लतपत अवस्थामा भेटिएकी सहारा घरकी गोलेआमा अहिले बेलाबेलामा यसरी गीत गाउने गर्छिन । अठार वर्षदेखि अत्तरिया चोकको सडकलाई घर बनाएका डोटीका ६५ वर्षिय अर्जुन खड्का पनि एक वर्ष देखि सहारा घरमा छन‚ उनी बेलाबेला देउडा खेलेर रमाउने गर्छन ।
१२ जना महिला‚ ४० जना पुरुषहरु मध्ये २१ जना भारतीय र एक जना बँलादेशी रहेका यो सहारा घरमा दैनिक ५० किलो चामल आवश्यक पर्छ भने अहिलेसम्म मुठ्ठिदानबाटै चलिरहेको छ ।
वर्दगोरिया धार्मिक बनले दिएको ८ कट्टा जमिनमा बनेको टिनले छाएको घरमा सहारा घर सञ्चालन भई रहेको छ । एक जना मानसिक रोगीको सेवा गरेर प्रेरित भई मानविय सेवामा समर्पित सहारा घरका बुवा बलबहादुर बिष्टले व्यक्तिगत लगानी गरेर व्यवस्थापन गरिरहेका छन ।
सहारा घरमा रोग अनुसारको औषधि नपाएपनि मानसिक र मानविय राहत पाएर अहिलेसम्म ३३ जनाको परिवार मिलन भई सकेको पनि सहारा घरमा भेटिएको तत्थ्याँकले देखाएको छ । विभिन्न नगरपालिका‚ गाउँपालिका‚ प्रहरी र सामाजिक सँघसँस्थाले त्यस्ता असक्त असहाय पठाउने गरेपनि सरकारी स्तरबाट सहयोग पाउन नसकेको सहारा घरका बुवा बलबहादुर बिष्टको गुनासो छ ।
अर्को तर्फ धनगढीमा मानसिक रुपमा विछिप्त अवस्थाका रहेका २० जना महिलाको मुट्टीदानबाटै जेनतेन सँरक्षण भई रहेको छ तर यो जिम्मेवारी कस्को हो सञ्चालकहरु यसको जवाफ खोजी रहेका छन । त्यसरी जवाफ खोजी रहेका मध्येकी दृष्टि फाउण्डेसनकी सञ्चालिका कल्पना भट्टको भनाईमा सरकारी स्तरबाट कुरा मात्र हुन्छ सहयोग भई रहेको छैन ।
प्रदेश सरकार र सरकारी निकायलाई बारम्बार सहयोगका लागि अपिल गरेपनि सुनुवाई नभएको सहयोगी हातहरुले गुनासो गरेका छन । अव असाहय‚ असक्त मानसिक रुपमा विछिप्त अवस्थाकालाई सघाई रहेको साहारा घर र दृष्टि फाउण्डेसनलाई स्थानीय सरकार‚ प्रदेश सरकार र सँघिय सरकारको सहाराको आवश्यकता छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया