सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दलितमाथि भएको अत्याचारप्रति गम्भीर ध्यानाकर्षण !
"न्यायका लागि आवाज उठाऔँ "

सुबसाहब हजारा रौतहट २६ फागुन । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. ५ सन्तपुरमा दलित समुदायमाथि भएको भनिएको अत्यन्त दुःखद र चिन्ताजनक घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएको छ।

मिति २०८२ फागुन १९ गते, दलित समुदायका केही व्यक्तिमाथि कुटपिट गरिएको तथा उनीहरूलाई गम्भीर रूपमा घाइते बनाइएको भन्ने पीडित पक्षको दाबी सार्वजनिक भएको छ। पीडित पक्षका अनुसार नरेश राम, सीता राम, ललन राम, बिरजा राम र राजकुमार राम लगायतलाई कुटपिट गरी घाइते बनाइएको बताइएको छ।

यस घटनामा भुनेश्वर यादव, पसिन्द्र यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव लगायतका व्यक्तिहरू संलग्न रहेको भन्ने आरोप सार्वजनिक भएको छ।

साथै, कुटपिट मात्र नभई दलित समुदायका चेलीबेटीको अस्मितामाथि समेत गम्भीर दुर्व्यवहार भएको भन्ने आरोप सामाजिक सञ्जालमार्फत बाहिर आएको छ।

घटनापछि उल्टै पीडित पक्षलाई नै नियन्त्रणमा लिएको र दोषी भनिएका व्यक्तिहरू हालसम्म पक्राउ नपरेको भन्ने गुनासो पनि सार्वजनिक भएको देखिन्छ। यस सन्दर्भमा नेपाल प्रहरी अन्तर्गतको इलाका प्रहरी कार्यालय विजयपुर को भूमिकाबारे पनि प्रश्न उठाइएको छ।

यो विषय अत्यन्त संवेदनशील भएकाले सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र गम्भीर छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने आवश्यकता छ।

यदि वास्तवमै दलित समुदायमाथि अन्याय र अत्याचार भएको हो भने दोषी जो–सुकै भए पनि कडा कानुनी कारबाही हुनुपर्छ र पीडितलाई न्याय दिलाइनुपर्छ।

नेपाल जस्तो लोकतान्त्रिक मुलुकमा जातीय विभेद, हिंसा र अन्याय कुनै पनि हालतमा स्वीकार्य हुन ।

  • २६ फाल्गुन २०८२, मंगलवार ११:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU