इरानी आक्रमणबाट आवुधावीमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ भएको पुष्टि
काठमाडौं १८ फागुन । संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आवुधावीस्थित जायद अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा गार्डमा काम गर्ने नेपाली युवा दिवस श्रेष्ठको इरानी आक्रमणमा ज्यान गएको पुष्टि भएको छ।
आवुधावीस्थित नेपाली राजदूतावासाका अनुसार गोरखाको भिमसेनथापा गाउँपालिका वडा नं. –७ स्थायी घर भएका २९ वर्षे दिवस राईको ज्यान गएको पुष्टि गरेको हो।
इरानले गरेको ड्रोन आक्रमणबाट विमानस्थललाई जोगाउनका लागि ड्रोन निष्क्रिय पार्ने क्रममा उनको मृत्यु भएको हाृ। उनी मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए।
युएईस्थित नेपाली राजदूतावासले गहिरो दुःख व्यक्त गर्दै परिस्थिति सहज भएपछि शव नेपाल पठाइने जनाएको छ। उक्त घटनामा एक बंगलादेशी र एक पाकिस्तानी नागरिकको पनि मृत्यु भएको छ।
दूतावासले युएईमा रहेका नेपालीहरूलाई संयमता अपनाई सुरक्षित रहन र सरकारी सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरेको छ।
घटनाबारे यूएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले पुष्टि गरेको छ। घटनाको प्रकृति र थप विवरण सम्बन्धित निकायले सार्वजनिक गर्ने जनाइएको छ।
दूतावासले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउन आवश्यक सम्पूर्ण सहजीकरण गर्ने दूतावासले जनाएको छ।
यसैबीच, दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न र यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया