सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

गत निर्वाचनमा सबै भन्दा बढी मत बदर भएका मध्ये महोत्तरी, सिराह र रौतहट जिल्लामा मतदाता शिक्षा तालिम सम्पन्न


ढल्केवर १२ फागुन । आसन्न निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा बदर मतको संख्या घटाउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघ (National Federation for Right to Information) द्वारा आयोजना गरिएको हो ।

गत निर्वाचनमा सबै भन्दा बढी मत बदर भएका मध्ये महोत्तरी, सिराह र रौतहट जिल्लाका २७ जना युवि युवतीहरुको सहभागितामा मतदाता शिक्षा तालिम सम्पन्न भएको छ ।
ढल्केवरको कोमल होटेलमा संचालन भएको एक दिवशीय मतदाता शिक्षा तालिममा तिनै जिल्लाका दलित, महिला, आदीवासी जनजाती समुदायका युवालाई तालिम आआफ्नो समुदायमा मतदान गर्न सिकाउन तालिम दिईएको हो।

सूचनाको हकका लागि राष्ट्रिय महासंघव्दारा आयोजित तालिममा प्राध्यापक चिरन्जिवी खनाल, महासंघका अध्यक्ष उमीद बागचन्द र किरण पौडेलले सहजीकरण गरेका थिए ।

तालिममा सहभागीहरूलाई सही मतदान प्रक्रिया, मतपत्र चिन्ह लगाउने तरिका, गोप्य मतदानको महत्व, मत बदर हुने कारणहरू तथा त्यस्ता त्रुटि न्यूनीकरण गर्ने उपायबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको महासंघका केन्द्रीय अध्यक्ष उमिद बागचन्दले जानकारी दिए। उनका अनुसार मतदातामा देखिने सामान्य त्रुटि, जस्तै एकभन्दा बढी स्थानमा छाप लगाउने, संकेतभन्दा बाहिर छाप पर्ने, वा मतपत्र सही तरिकाले नबुझ्ने जस्ता कारणले बदर मत बढ्ने भएकाले यसलाई न्यूनीकरण गर्न मतदाता शिक्षा अपरिहार्य रहेको बताए।

कार्यक्रममा प्रा. चिरञ्जिवी खनाल र किरण पौडेलले प्रशिक्षण दिएका थिए। उनीहरूले निर्वाचन प्रणाली, मतदाताको अधिकार तथा कर्तव्य, लोकतान्त्रिक प्रक्रियामा नागरिकको भूमिकालगायत विषयमा सहभागीहरूलाई अन्तरक्रियात्मक ढंगले प्रशिक्षण दिएका थिए। साथै, गलत सूचना (मिसइन्फर्मेशन), मत खरिद–बिक्री, र निर्वाचन आचारसंहितासम्बन्धी सचेतना पनि प्रदान गरिएको थियो।

महासंघका मधेस प्रदेश अध्यक्ष अजय शाहका अनुसार मधेस प्रदेशका महोत्तरी, सिरहा र रौतहट जिल्लाबाट २५ जना सहजकर्ता छनौट गरी तालिम प्रदान गरिएको हो। ती सहजकर्ताहरूलाई आ–आफ्नो जिल्लामा समुदायस्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ।

तालिमपछि सहभागीहरूले मतदाताको अधिकार र कर्तव्य स्पष्ट रूपमा बुझ्ने, मतदान प्रक्रियाबारे अन्य नागरिकलाई जानकारी दिन सक्ने, समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाउन सक्ने तथा गलत सूचना र अनैतिक गतिविधिविरुद्ध जनचेतना फैलाउन सक्षम हुने अपेक्षा गरिएको छ।

महासंघले लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन र स्वच्छ, निष्पक्ष तथा प्रभावकारी निर्वाचन सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

१३ गते देखि यी तिन जिल्लामा २४ जनाले टोल टोलमा गएर प्रत्येकले दैनिक ५० जनालाई  सिकाउने छन भने ३ जनाले उनिहरुलाई सघाउने छन ।यसरी उनीहरुले ६ हजार जनालाई मतदाव गर्न सिकाउने छन ।

  • १२ फाल्गुन २०८२, मंगलवार २१:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU