कैलाली उद्योग वाणिज्य संघको मतदान सकियो,मतगणना केही बेरमा सुरु हुने (भिडियो सहित)
धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। विहान साढे ८ बजेदेखि मतदान सुरु भएकोमा साढे ४ बजे मतदान सम्पन्न भएको हो।

निर्वाचन समितीका अनुसार २ हजार ७ सय ४ मतदाता रहेकोमा २ हजार २ सय ६१ मत खसेको छ। यो कुल मतदाताको झण्डै ८४ प्रतिशत हुन्छ।
मतदान सकिएपछि मत गणनाका लागि केहि बेरमा बैठक हुने निर्वाचन सतिमीका संयोजक यादव भण्डारीले बताए। मतगणना पनि आजैदेखि सुरु हुने उनले बताए।
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन्। बर्तमान महासचिव रुपेश स्वार, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थी प्यानल सहित चुनावी मैदानमा छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया