सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कांग्रेस महामन्त्री थापासहित नेताहरु चुनाव लड्न नपाउने
"निर्वाचन कसुर "

काठमाडौं १५ पुष । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित दर्जनौं नेताहरु आउँदो फागुन २१ गते हुने संघीय संसदको प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नपाउने भएका छन्।

महामन्त्री थापासहितका नेताहरुले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३को दफा ३१ को उपदाफा (४) बमोजिम निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र निर्वाचन खर्च विवरण नबुझाएका कारण उम्मेदवार हुन नपाउने भएका हुन्।

आयोगका अनुसार थापाले २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ मा प्रत्यक्ष तर्फको निर्वाचनमा उम्मेदवार हुँदा निर्वाचन खर्च विवरण बुझाएका थिएनन्।

थापासहित १०३७ जनालाई आयोगले २०८० वैशाख ४ गते निर्वाचन कसुर गरेको भन्दै १५ हजार रुपैयाँ जरिवाना सजाय गर्ने निर्णय गरेको थियो।

थापासहित प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार भएर पनि १५ हजार रुपैयाँ जरिवाना समेत नतिर्नेलाई २०८२ साल साउन १ गते बसेको आयोगको बैठकले आगामी कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने निर्णय गरेको थियो।

आयोगअनुसार यसरी २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्च विवरण नपठाउने र तोकेको जरिवानासमेत नतिरेका कारण उनी निर्वाचनमा भाग लिन नपाउने भएका हुन्।

यसरी जरिवाना नतिर्ने प्रतिनिधिसभाको पत्यक्षतर्फका उम्मेदवारहरुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीका विश्वास पात्र तथा थापाका प्रत्यासी भएका नेता राजन भट्टराई, नेकपा मालेकी लीलामाया पौडेलसहित छन्।

आयोगले निर्वाचन सम्पन्न भएको ६ महिना भित्र निर्वाचन खर्च विवरण नदिने लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादब, प्रदीप यादव, जनता समाजबादी पार्टीका नेता बीरेन्द्रकुमार महतो, हाम्रो नेपाल पार्टीका अर्चन शम्शरे जबरालाई १५ हजार रुपैयाँ जरिवाना तिराएको थियो।

त्यस्तै नेकपा एमालेका नेताहरु हरिप्रसाद उप्रेति, लक्ष्मी कोइरी महतो, भूमिप्रसाद त्रिपाठीलाई पनि १५ हजार रुपैयाँ जरिवाना आयोगले गरेको थियो।
नेकपा माओबादीकी ओनसरी घर्ती मगर, पम्फा भुषाल, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका सहअध्यक्ष रबिन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही, गोपाल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेस त्रिपाठीलाई समेत आयोगले १५ हजार रुपैयाँ जरिवाना गरेको थियो।

त्यस्तै, कांग्रेस थापासहित नेता विजयकुमार गच्छदार, महालक्ष्मी उपाध्याय ‘डिना’, अजयकुमार चौरसिया, शंकर भण्डारी, मिसेनदास प्रधानलाई समेत आयोगले निर्वाचनसम्वन्धी कसुरमा जरिवाना तिराएको थियो।

-Agnirekha news बाट

gagan listed ecnepal.pdf :To download file click here

  • १५ पुष २०८२, मंगलवार १८:४९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU