लेबनानका पूर्वफोर्स कमाण्डर शर्मा भए नेपालको परराष्ट्र मन्त्री
काठमाडौं ११ पुष । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएका पूर्वफोर्स कमाण्डर बालानन्द शर्मा मन्त्री भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेसँगै शर्माले शुक्रबार मन्त्री पद तथा गोपनियताको सपथ खाएका छन्।
मन्त्री शर्मालाई राष्ट्रपति निवास शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
संयुक्त राष्ट्र संघको लेबनानस्थित गोलानहाईट क्षेत्रमा शान्ति मिसनका फोर्स कमाण्डर भएर खटिएका शर्मा माओवादी लडाकु समायोजन विशेष समिति सचिवालयका संयोजक समेत थिए।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्रीमा नियुक्त गरेका शर्माले सपथ लगत्तै आज कार्यभार सम्हालेका छन्।
द्वन्द्वग्रस्त लेबनानको सिरियासँगको सीमा गोलानहाईट क्षेत्रमा उनी शान्तिस्थानार्थ खटिएपछि उनको नाम अन्तराष्ट्रिय रुपमै चर्चित बनेको थियो।
सन् २००४ देखि २००७ सम्म तीन वर्ष युएनका फोर्स कमाण्डर भएका शर्माले नेपाली सेनामा ३९ वर्ष विताएका थिए।
शर्माको नियुक्तिसँग कार्की सरकारमा नेपाली सेनाका अवकासप्राप्त जर्नेलको समेत प्रतिनिधित्व भएको छ। यसअघि नेपाल प्रहरीका अवकास प्राप्त अतिरिक्त महानिरिक्षक राजेन्द्रसिंह भण्डारी श्रम मन्त्री भइसकेका छन्।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमाण्डर हुने उनी तेश्रो नेपाली नागरिक हुन। त्यसअघि कृष्णनरसिंह थापा र भिक्टर शम्शेर जंगबहादुर राणा पनि युनएनको फोर्स कमाण्डर बनेका थिए। शर्मापछि पवनजंग थापा, पूर्णचन्द्र थापा, इश्वर हमाल, निर्मलकुमार थापा, शिबराम खरेल जस्ता नेपाली सेनाका अधिकृतहरु फोर्स कमाण्डर भइसकेका छन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया