सुदुरपश्चिम सरकारको दोस्रो पंचवर्षिय योजना अवधारणा-पत्र तयारीका लागि सरोकारवालाहरुसंग काठमाडौंमा एक बृहत छलफल कार्यक्रम

काठमाडौं ११ पुष । सुदुरपश्चिम सरकारले दोस्रो पंचवर्षिय योजना अवधारणा-पत्र तयारीका लागि सरोकारवालाहरुसंग आज काठमाडौंमा एक बृहत छलफल कार्यक्रम आयेजना गरियो ।
पहिलो पञ्चवर्षीय योजनाको प्रस्तुतीकरण डाक्टर हेमराज लामिछानेले प्रस्तुति गर्नु भएको थियो ।

मुख्य विषयहरु, प्रदेशगत सूचकहरुमा सुदूरपश्चिम प्रदेशको तुलनाको प्रस्तुतीकरणको साथै दोश्रो पञ्चवर्षीय योजनाका लागि सरोकारवाला विज्ञहरुबाट सुझाव संकलन गरिएको थियो।

सुझाव दिनेहरुमा प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का, पूर्व पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेय, पूर्वमन्त्री भानुभक्त जैसी, पुर्वसांसद निरु पाल, डाक्टर लक्ष्मीराज पाठक, पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल, योजना आयोगका पूर्व आयुक्त सुशिल भट्ट लगायत विज्ञहरु हुनु हुन्थ्यो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष जीवन रानाको अध्यक्षतामा आयोजनामा संचालित कार्यक्रममा आयोगका सदस्य डाक्टर हिरा चन्दले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको व्यवस्थापन निड्स नेपालले गरेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया