सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

डिपिएलमा ६ खेलाडी सर्वाधिक महँगा, ७२ खेलाडी कुन–कुन टिम आबद्ध भए

काठमाडौं– तेस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपिएल०मा ६ खेलाडी सर्वाधिक महँगा भएका छन्। शनिबार भएको अक्सनमा ६ खेलाडी अधिकत मूल्य २ लाख ५० हजार रुपैयाँमा बिक्रि भएका हुन्।

जसमा रुपेन्देही च्यालेन्जर्सले ३ जना खेलाडीलाई महँगो मूल्यमा आबद्ध गरेको छ। रुपन्देहीमा तीव्र गतिका बलर ललित भण्डारी, ब्याट्सम्यानद्वय विनोद भण्डारी र भीम सार्की २ लाख ५० हजार रुपैयाँमा आवद्ध भएका छन्। यस्तै धनगढी स्टार्समा अलराउन्डर पवन सराफ सर्वाधिक २ लाख ५० हजार रुपैयाँमा आवद्ध हुँदै महँगो खेलाडी बनेका छन्। यस्तै महेन्द्रनगर युनाइटेडले अलराउन्डर आरिफ शेखलाई २ लाख ५० हजार रुपैयाँमा आवद्ध गरेको छ। काठमाडौं गोल्डेन्समा आबद्ध ललितनारायण राजवंशी पनि २ लाख ५० हजारमा आबद्ध हुँदै महँगा खेलाडी बनेका छन्।

न्यूनतम ३० हजारदेखि अधिकतम २ लाख ५० हजार मूल्य राखेर २ सय ५ खेलाडीले अक्सनमा आवद्ध हुन आवेदन दिएका थिए। एक लाख भन्दा बढी मूल्यमा पनि झन्डे डेढ दर्जन खेलाडी बिक्रि भएका छन्।

जसमा काठमाडौंले विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई १ लाख ८० हजार,सुसन भारी १ लाख र तीव्र गतिका बलर किशोर महतोलाई पनि १ लाखमा आबद्ध गरेको छ।

सिवाइसी अत्तरियाले स्पिनर भुवन कार्की २ लाख १० हजार र ब्याट्सम्यान सन्दीप जोरालाई २ लाख ३० हजारमा भित्राएको छ।

धनगढीले ब्याट्सम्यान सौरभ खनाललाई १ लाख ६० हजारमा, ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठ १ लाख ८० हजार र ब्याट्सम्यान सुनील धमला १ लाख ८० हजारमा आबद्ध गरेको छ।

काठमाडौंले बलरद्वय विक्रम भुषाल १ लाख ६० हजार र रासिद खान १ लाख ७० हजारमा किनेको छ। ब्याट्सम्यान अनिलकुमार साह १ लाख ७० हजारमा काठमाडौंमा भित्रिएका छन्।

महेन्द्रनगरमा अभिनास बोहोरा १ लाख ७० हजारमा, अमरसिंह रटेला १ लाख २० हजारमा सागर ढकाल १ लाखमा र रोहित पौडेल २ लाख ३० हजारमा बिक्रि भएका छन्।

रुपन्देहीले प्रदीप ऐरी २ लाख ४० हजार र सन्दीप सुनार १ लाख १० हजार आबद्ध गरेको छ।

रणनीतिक खेलाडी परिवर्तन
डिपिएलमा विराटनगर किंग्सको रणनीतिक खेलाडीमा करण केसी आबद्ध भएका छन्। गत सिजन राष्ट्रिय टिमका कप्तान पारस खड्का विराटनगरको रणनीतिक खेलाडी थिए। यस सिजन पारसले ब्यक्तिगत कारण देखाउदै डिपिएल नखेल्ने बताइसकेका छन्।

काठमाडौंमा ज्ञानेन्द्र मल्ल, अत्तरियामा दीपेन्द्रसिंह ऐरी र धनगढीमा सोमपाल कामीले रणनीतिक खेलाडीमा निरन्तरता पाएका छन्। यता महेन्द्रनगरमा शरद भेषवाकर रणनीतिक खेलाडी चुनिएका छन्। शरदले गत सिजन डिपिएल खेलेका थिएनन् भने महेन्द्रनगरको रणनीतिक खेलाडी विनोद भण्डारी थिए। रुपेन्देहीको रणनीतिक खेलाडीमा बसन्त रेग्मी छन्। गत सिनज शक्ति गौचन रुपेन्देहीको रणनीतिक खेलाडी थिए।

७२ खेलाडी बिक्री
शनिबार भएको अक्नसमार्फत ७२ खेलाडी बिक्रि भएका छन्। ११ खेलाडी खुला अक्सन र १–१ खेलाडी स्थानीयको रुपमा आबद्ध भएका छन्। यस्तै १–१ खेलाडी रणनीतिक खेलाडी भएसँगै प्रत्येक टिममा १३–१३ खेलाडी भएका छन्। अब हरेक टोलीले दुई विदेशी खेलाडी भित्राएपछि प्रत्येक टिममा १५ खेलाडी हुनेछन्।

टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ। लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको शीर्ष चार टोली प्लेअफमा छनोट हुनेछ। प्लेअफमा पुगेको चार टोलीमध्ये अङ्कतालीकामा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सिधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौँथोबीचको विजेतासँग खेल्नेछ।

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन्। प्रतियोगितामा छ टोलीले सहभागिता जनाउने छन् । सहभागी टोलीमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन्।
नेपाल लाइभबाट साभार

  • २२ पुष २०७५, आईतवार ०५:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU