सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘कला र संस्कृतिलाई अर्थसँग जोडिनु पर्छ’

 

धनगढी २९ मंसिर । सुदूरको भाषा, कला, साहित्य र संस्कृतिलाई अर्थसँग जोडिनु पर्ने विज्ञहरुले बताएका छन् । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुदूरपश्चिम महोत्सवमा भिजन सुदूरपश्चिम कार्यक्रमको ‘भाषा, कला, साहित्य र संस्कृतिः दृष्टि र नीति’ विषयक बहसमा बोल्दै भाषाविद् तथा सरोकारवाला निकायले कला तथा संस्कृतिलाई अर्थतन्त्रसँग जोड््न नसक्दा कलाकार पलायन भइरहेको बताएका छन् । कलाकार पलायन हुनु भनेकै यहाँको भाषा, कला, साहित्य र संस्कृति लोप हुनु र सुदूरको पहिचान गुम्नु सरह भएको सरोकारवालाले बताएका हुन् ।

तसर्थ पनि कलाकारलाई कला क्षेत्रमा टिकाइराख्न प्रदेश तथा स्थानीय सरकारले अर्थसँग जोड्नु पर्ने बताएका हुन्् । भाषा, धर्म, दर्शन, चाडपर्व, नृत्य, संगीत, कला, हस्तकलामा सुदूरपश्चिम अथाह धनी भएको बताउँदै प्रदेश सरकारले यसलाई अर्थतन्त्रसँग जोड्नु पर्ने सरोकारवालाले बहस कार्यक्रममा जोड दिए । कला, साहित्य, संस्कृति, आभूषण, भेषभूषामा सुदूरपश्चिम समृद्ध रहेको बताउँदै अनुसन्धानकर्ता हेमन्त विवशले प्रदेश सरकारको साहित्य तथा संस्कृतिलाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको बताए ।

‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले भाषा, कला, साहित्य र संस्कृतिको खोज अनुसन्धान गर्नुपर्नेमा भजन प्रतियोगिता गराइरहेको छ,’ उनले प्रश्न गर्दै भने,‘त्यसबाट के उपलब्धि हुन सक्छ ?’ आयातित संस्कृति भित्रदा उच्छि«ङ्खलता बढ्दै जाने र त्यसले सुदूरको संस्कृति खतरामा पर्ने चिन्ता व्यक्त गर्दै उनले भने,‘त्यही उच्छि«ङ्खलता नियन्त्रण गर्ने निकाय भनेको प्रज्ञा प्रतिष्ठान हो । तर, ऊ आफैमा रुमल्लीरहेको छ ।’ सुदूरपश्चिममा भाषाको लिखित मानक नहुँदा भाषा खण्डित हुँदै गएको प्रति पनि उनले चिन्ता व्यक्त गरे । सुदूरपश्चिम प्रदेश सरकारले कला साहित्य र संस्कृति क्षेत्रमा पञ्चवर्षिय योजना बनाएर काम गर्ने बताउँदै प्रदेश नीति तथा योजना आयोगका सुदूरपश्चिम प्रदेश सदस्य नृपबहादुर सुनारले भने,‘अध्ययन अनुसन्धान गर्नका लागि प्रदेश सरकारले नै प्रज्ञा प्रतिष्ठान गठन गरेको हो ।’ भाषा, कला र संस्कृति जीवनसँग अनन्त जोडिएको बताउँदै उनले प्रदेश सरकारले यो क्षेत्रमा पनि ध्यान दिनुपर्ने र दिने प्र्रतिवद्धता व्यक्त गरे ।

सुदूरपश्चिमको लोक संस्कृति पछाडि धकेलिरहेको बताउँदै गायक चक्र बमले आफ्ना बालबालिकालाई सुदूर संस्कृति पुस्तान्तरण गर्नुपर्ने बताए । उनले भने,‘पुस्तान्तरण हुन नसक्दा सुदूर संस्कृति पछाडि धकेलिरहेको छ । अब हामीले पुस्तान्तरण गर्न घरबाटै सुरु गर्नुपर्दछ ।’ आफूले पछिल्लो समयमा सुदूर संस्कृतिलाई गीतका माध्यमबाट जोडिरहेको बताए । उनले भने,‘मैले पछिल्ला तीन वर्ष यता सुदूरपश्चिमको कला र संस्कृतिलाई गीतका माध्यमबाट ल्याउने प्रयास गरिरहेको छु ।’ बहस कार्यक्रममा यज्ञराज अवस्थी, सरस्वती खड्का भट्ट, महेश बडू, डिल्लीराज ओझा ‘समर्पण’, गणेशबहादुर सिंह, समीर परियार, राजकुमार श्रेष्ठ, अम्बिकाप्र्रसाद आचार्य, सुरेन्द्र संगम, पुष्पा बडैला, निल गगन, विवेक नागरीले वक्तलाई प्रश्न गरेका थिए ।

सुदूरपश्चिम महोत्सवमा यस वर्षदेखि कैलाली उद्योग वाणिज्य संघले मनोरञ्जनात्मक कार्यक्रमका साथै बिहानीको समयमा भिजन सुदूरपश्चिम नामक बहस कार्यक्रम सुरुवात गरेको हो । पहिलो श्रृङखलामा सुदूरपश्चिमको कृषि सम्भावना ः अवसर र चुनौती, दोस्रो श्रृङखलामा सुदूरपश्चिम खेलकुदको उर्वर भूमिः पूर्वाधार, सम्भावना र अवसर, तेस्रो श्रृङखलामा सुदूरको शिक्षा ः हुनुपथ्र्यो कहाँ, हामी छौ कहाँ ?, चौथो श्रृङखलामा सुदूरपश्चिममा उद्योग र व्यापार, अर्थतन्त्र समृद्धिको आधार, पाँचौ श्रृङखलामा सुदूरपश्चिममा होटेल व्यवसायः लगानी, समस्या र श्रमशक्ति र छैठौ श्रृङखलामा भाषा, कला, साहित्य र संस्कृति ः दृष्टि र नीति विषयमा सरोकारवाला निकायसँग बहस कार्यक्रम गरिएको छ ।

  • २९ मंसिर २०८२, सोमबार १७:२६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU