सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जेन-जी आन्दोलनका घाइतेको रेकर्ड खोज्नै सरकारलाई सकस, मन्त्रीले गरे फेसबुकबाट सम्पर्कमा आउन आह्वान
"मन्त्रीले भने : अड्रेस र फोन टिप्न छुटेछ "

काठमाडौं ३ मंसिर । गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको रेकर्ड तयार गर्न सरकारलाई सकस परेको छ।

सरकारले अस्पतालमा उपचार भएकाहरुको रेकर्डका आधारमा २४ सय २९ जना घाइतेको विवरण राखेको भएपनि उनीहरु को कहाँका हुन् भन्ने प्रष्ट छैन। जसले गर्दा सरकारलाई घाईतेहरुलाई दिनु पर्ने सहयोग पठाउन असहज भएको छ।

वर्तमान सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले हतारमा अस्पतालमा उपचार गरेका २४ सय २९ जना घाईतेहरु मध्ये १८ सय जना जतिको नाम मात्र टिपेको तर ठेगाना र फोन टिप्न छुटेको हुँदा मन्त्रालयले घाईतेहरुलाई दिनु पर्ने सहयोग पठाउन नसकेको भनेका हुन्।

उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन्, `जेन-जी आन्दोलनमा घाईते भएका भाईबहिनीहरुलाई अत्यन्त जरूरी सुचना – तपाईहरुको नाम, अड्रेस र फोन SMS गरेर हेल्पडेस्कको 9705478089 मा तुरुन्त पठाउनु होला। हतारमा अस्पतालमा उपचार गरेका २४२९ जना घाईतेहरु मध्ये १८०० जना जतिको नाम मात्र टिपेको तर अड्रेस र फोन टिप्न छुटेको रहेछ । त्यसैले मन्त्रालयले घाईतेहरुलाई दिनु पर्ने सहयोग पठाउन नसकेको रहेछ।´

सरकारले मंगलबार बसेको मन्त्री परिषद् बैठकमार्फत जेन-जी आन्दोलमा घाइते भएका २४ सय २९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।

सरकारले यो निर्णय घाइतेको पूरा विवरण बिनानै गरेको देखिएको छ। अस्पतालले उपलब्ध गराएको विवरणका आधारमा मात्र सरकारले घाइतेलाई रकम उपलब्ध गराउने निर्णय गरेको मन्त्री पुनकै धारणाले पुष्टि गरेको हो। मन्त्री पुनलाई नै आधार मान्ने हो भने सरकारसँग सबै घाइतेको ठेगाना र सम्पर्क नम्बर छैन।

  • ३ मंसिर २०८२, बुधबार ११:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU